नेपालमा गत २४ घण्टामा ४ हजार १ सय ११ वटा पीसीआर टेष्ट गरिएको छ । हालसम्म ९२ हजारको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको शनिबार भएको नियमित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
नेपालमा शनिबारसम्म ९२ हजारको पीसीआर टेष्ट गर्दा ३ हजार २ सय ३५ पोजेटिभ भेटिएका छन् । शनिबार मात्रै ३ सय २३ जना थपिएका हुन् ।
यसअघि शनिबार दिउँसको बाँकेका १२ र बर्दियाका २८ जनामा कोरोना पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जानकारी दिइसकेको छ । बाँकेको खजुरा अस्पतालबाट ४ जना कोरोना निको भएर शनिबार डिस्चार्ज भएका छन् ।
प्रदेश ५ का ११ जिल्लामा १ हजार ६१ जना कोरोना संक्रमित रहेका छन् ।