बर्दियामा थप कडाइ

भारतको बहराइचमा कोरोना संक्रमण पुष्टि भएका एक नेपाली बर्दिया ठाकुरबाबा २ का, एक महिनाअघि उनिसंगै आएका उनका भाइको कोरोना परिक्षण गरिने


भावुक योगी
नेपाल भारतको सीमामा पर्ने बर्दिया जिल्लासंग जोडिएको बहराइचमा एक जना नेपाली सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको खबर बाहिर आएपछि चौतर्फी कडाइ गरिएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार, भारतसँग सीमा जोडिएको सीमा क्षेत्रमा उच्च सर्तक रहन सुरक्षाकर्मीलाई निर्देशन दिइएको हो । भारतको बहराइचमा कोरोना संक्रमण पुष्टि भएका एक जना नेपाली बर्दिया ठाकुरबाबा नगरपालिका २ सुजनपुर गाउँका रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
रुपैडिहा बहराइचको सेल्टर क्वारेन्टाइनमा तीन जना नेपालीको नमुना परीक्षण गर्दा एक जनामा कोरोना पोजिटिभ देखिएको जनाइएको छ ।
बर्दियाको छिमेकी जिल्ला भारतको बहराइचमा ८ जना मध्ये भारत लखनउको कानपुरमा काम गर्ने ठाकुरबाबा २ सुजनपुरका एक जनामा र राजापुर, मधुवन नगरपालिका आसपासमा काम गर्ने २ जना भारतिय नागरिकमा कोरोना पुस्टि भएको जनाइएको छ ।
ठाकुरबाबाका उनि भारतको कानपुरबाट घर आउने क्रममा बहराइचको क्वारेन्टरमा रहेका बेला कोरोना पुष्टि भएको हो । क्वारेन्टाइनमा राखेर कोरोना भाइरस परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।
यस्तै ८ जना मध्ये दुईजना भारतिय नागरिक मधुवन नगरपालिका र राजापुर नगरपालिका कोठियाघाटबाट हिँडेर भारतको बिछिया हुँदै बहराइच पुगेपछि उनिहरुलाई क्वारेन्टाइनमा राखिएको बहराइचबाट आफ्ना आफन्तले जानकारी गराएको को ठाकुरबाबा स्वास्थ्य शाखाका डा. कुलदिप यादवले बताए । कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिसंग भारतको बहराइमा संगै बस्दै आएका उनका भाई एक महिना अघि सुजनपुर आएकाले उनको आरडिटी र स्वाब परिक्षण शुक्रवार गरिनेछ

यस्तै अहिले देखि संक्रमित युवाको घर संगै सुजनपुर र खुलपुर पुरै गाउँ लक गरिएको छ । अर्को सुचना नआएसम्मका लागि शुक्रबारदेखि ठाकुरबाबा नगरभित्र मेडिकल बाहेक अन्य सबै पसलहरु आकस्मिक निर्णय गरेर बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
उनको आरडिटी र स्वाब परिक्षणको रिपोर्ट नआउँदासम्मका लागि वडा नम्बर २ को सुजनपुर र खुलपुर गाउँ लक गरि आउजाउ बन्द गरिएको छ, अर्को सुचना नआउन्जेल मेडिकल बाहेकका सबै पसलहरु पनि बन्द गर्ने निर्णय गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया