बर्दियामा भित्रभित्रै नेटवर्किङ विजनेस, फेरी ठगिदै नेपाली

भावुक योगी / बर्दिया:
नेपालमा नेटवर्किङ विजनेसका नाममा त्यसका सञ्चालकहरुले करोडौं कुम्ल्याए, त्यसले धेरैलाई डुबायो र रुवायो पनि । नेपालमा त त्यो नेटवर्किङ विजनेस सधैँका लागि बन्द पनि भयो । तर धेरै व्यक्ति डुबिसकेपछि केही समय सामसुम हुने नेटवर्किङ व्यवसाय फेरी टाउको उठाइहाल्छ ।

झण्डै ५ वर्ष अघि भारतको बनारसबाट विन विन नामक नेटवर्किङ विजनेसका नाममा नेपालीले नेपालीलाई ठगी गरिरहेका थिए । त्यो ठगीमा धेरै जना फसिरहेको थाहा पाएपछि नेपाललको प्रहरी प्रशासनले बन्द गराउन सफल भयो । त्यतिबेला ठगिएकाहरु अहिले पछुताइरहेका छन् ।

अहिले फेरी भारतको लखिमपुरबाट आएर ओरियन्स नामक नेटवर्किङ विजनेस बारे तालिम, गोष्टी गुपचुप रुपमा बर्दियामा संचालन भएपछि यतिखेर नेटवर्किङ विजनेसमा भारतको लखिमपुर जानेहरुको लहर निक्कै बढेको पाइएको छ ।

घरखेत बेचेर, व्यापार व्यवसाय छाडेर, ऋण सापटी लिएर बर्दिया सहित पश्चिम क्षेत्रका केही जिल्लामा यतिवेला यो विजनेसमा फसाउनेहरु गाउँमा पसेका छन् । बर्दियाको ठाकुरबाबा, गुलरिया, बाँसगढी, राजापुर नगरपालिकाका मुख्यबजार भुरीगाँउ, सानोश्री, गुलरिया, राजापुर बाँसगढी आसपासका क्षेत्रबाट भारतको लखिमपुरतिर ओरियन्स नामक नेटवर्किङ विजनेसमा जानेहरुको संख्या दिनहुँ बढिरहेको छ ।

भारतबाट यो विजनेसमा सहभागी गराउन नेपाली व्यक्तिहरु नै लागि परिरहेका छन् । भारतीय ७ हजार देखि ६० हजार रुपैयाँ लगानी गरेमा महिनामा भारतीय ३ हजार देखि २५ हजारसम्म बोनस पाइन्छ भन्ने आश्वासनका कारण नेटवर्किङ विजनेसमा लगानी गर्नेहरु बढेका हुन् ।
यो प्रकृया भारतमा वैधानीक हो या अवैधानिक ? कसैलाई थाहा छैन । नेपालीले यसमा लगानी गर्नु ठिक हो, होइन केही बुझेका छैनन् । तर यति भने सबैलाई थाहा छ कि यसअघि नेपालमा सञ्चालन भएको यस्तै विजनेसले गर्दा धेरै ठगीएपछि नेपालमा यो विजनेस अबैधानिक भन्दै बन्द गरिएको हो ।

नेटवर्किङ विजनेसमा जस्ले धेरै लगानी लगाएर गएका छन्, र जाने तयारीमा छन् । तिनीहरुसंग बुझ्दा यसबारे अधिकाँसले खुलेर भन्दैनन्, बर्दियाबाट कस्ले लिएर जाँदैछ, कतिलाई, कसरी लिएर जाँदैछन, यसबारे कसैले पनि केही बताउन चाहँदैनन् । न त प्रहरी प्रशासनलाई यसबारे कुनै जानकारी नै हुन्छ ।


जिल्ला प्रहरी कार्यलयका बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले नेटवर्किङ विजनेसमा लगानी गर्नु अवैधानिक भएको बताउँछन् । उनले हाल े नेटवर्किङ विजनेसबारे व्यापक गुनासो आइरहेको जानकारी दिए । ‘नेटवर्किङ विजनेसका नाममा जो कोहीले पनि ठगी गरेको उजुरी दिएमा ठगीलाई पक्राउ गर्छौ’, उनले भने । भारतको लखिमपुरबाट ओरियन्स नेटवर्किङ विजनेसबाट आएका नेपालीहरुले नेपालीहरुलाई ठग्ने काम बढ्दै गएको पाइएको छ । ठगी गर्नेहरु उपर उजुरी पर्न थालेपछि उनिहरुलाई बर्दिया प्रहरीले पक्राउ गर्न समेत थालेको छ ।


यो ओरियन्स नामक नेटवर्किङ विजनेसमा लागेका गाउँघरकै साथीभाई र आफन्तले सोझासाझा मान्छे ठग्ने काम गरिरहेका छन् । आफ्नै गाउँठाउँका आफन्त र साथीभाईले देखाएको प्रलोभनमा नपर्न जिल्ला प्रशासन कार्यालयले आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया