नेपालगन्ज – नेपाल तरुण दल नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजंग शाह पक्राउको बिरोधमा नेपाल तरुण दलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
नेपाल तरुण दलका अध्यक्ष जित जंग बस्नेतद्वारा जारी बिज्ञप्तीमा शाहबाट बरामद भएको भनिएको हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ तत्काल जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । बाँके प्रहरीले तरुण दलका नगर अध्यक्ष शाह हतियारसहित पक्राउ परेको दाबी गरिरहेका बेला तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले प्रहरीलाई हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन् ।
बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरेर प्रहरी आफैंले लगेको हतियार शाहको गाडीबाट बरामद भएको भन्दै झुठो बहाना बनाएर फसाउने र सामाजिक आतंक सृजना गर्ने र लोकतन्त्रवादी तरुणलाई दुःख दिने कुत्सित एवं दुरासययुक्त नियतले नगर अध्यक्ष शाहलाई पक्राउ गरिएको पनि दाबी गरेका छन् ।
अध्यक्ष बस्नेतले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न र निर्दाेष तरुण नेतालाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने प्रहरीहरुमाथि हदैसम्मको कारवाही गर्नसमेत माग गरेका छन् । तरुण दलले माग बेवास्ता गरे सरकारले गमभीर मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको छ । “हाम्रो सदासयता र धैर्यतालाई बेवास्ता गरिएमा वर्तमान सरकार र यसका मतियारहरुलाई यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिन चाहन्छौं,” अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बिहीबार बेलुकी साढे ८ बजे प्रहरीले नगर अध्यक्ष सन्दीप जंग शाहसँगै दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई गनापुरको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो ।
हेर्नुस् नेपाल तरुण दलको बिज्ञप्ती:












