तिहारलाई स्वागत गर्दै सयपत्री फूल

नेपालगन्ज – कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज शुक्रबारदेखि शुरु भएको छ । यसै संगै नेपालगन्जले तिहारको उज्यालो झिलिमिलीले श्रृङ्गारीएको छ ।

बजार भरी मिठाइँ , भाइ मसला तथा नक्कली फूलका मालाले बजार भरिएको छ । तिहारकै लागि भनेर करोडौंको फूलका माला समेत नेपाल भित्रने गर्दछ । विभिन्न मुल्यमा पाइने नक्कली फूलका मालाले बजार भरिएको अवस्थामा र शहर बजारमा नक्कली फूलका माला सजाइँ रहदा बाँकेको खजुरा ३ बी गाउँका वासिन्दाका घरबारी भने सयपत्री फूलले सजिएका छन् ।

त्यहाँका प्रत्येक घरका अगाडी पर्याप्त फुलबारी छ, फुलेका छन् , तिहारलाई स्वागत गर्दै सयपत्री तथा सुपारी फूल । हेर्नुस् भिडियो :

प्रतिक्रिया

प्रतिक्रिया