समाचारदाता- प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्न कञ्जुस्याइँ भएको बताएका छन् । नेकपा जानकी गाउँपालिकाले बुधबार बाँकेको जानकीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले ओली सरकारले मुलुकको समग्र आर्थिक विकासमा फड्को मार्ने गरी काम गरे पनि विरोध मात्रै गर्ने प्रवृत्ति हाबी भएको उल्लेख गरे ।
केपी ओली प्रधानमन्त्री बन्नुअघि चार प्रतिशत रहेको जिडीपी अहिले सात प्रतिशत पुगेको बताउँदै मुख्यमन्त्री पोखरेलले छिमेकी देशका प्रधानमन्त्रीले गरेको कामको प्रशंसा गर्ने नेपालीहरु आफ्नो देशमा भएको प्रगतिको प्रशंसा गर्नमा कन्जुस्याई बताउनुभयो । उनले सरकारले राम्रा काम गर्दा गर्दै पनि नकारात्मक कुरा मात्रै गर्ने प्रवृत्ति हाबी भएको उल्लेख गर्दै भने, ‘नेपालको कूल उत्पादन गार्हस्थ तीन वर्षमा दोब्बर वृद्धि भइसक्यो तर हामी निराशा बाँ्याबाँडै छौँ । यो वर्ष सरकारको धेरै आलोचना गरेको वर्षका रुपमा चित्रण गर्दछन् जुन वर्ष कूल गार्हस्थ उत्पादनको वृद्धिदर ७ दशमलव एक पुगेको छ जसलाई उच्च आर्थिक वृद्धिदर मानिन्छ ।’
प्रदेश नं ५ सातवटै प्रदेशमध्ये कानून र योजना बनाउने सवालमा अग्रणी रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले कूल ग्राहस्थ वृद्धि दरका हिसाबले नेपालमा प्रदेश नं ५ सबैभन्दा माथि रहेको दाबी गर्नुभयो । उनले भने, ‘प्रदेश नं ५ को कूल ग्राहस्थ उत्पादनको वृद्धिदर ७ दशमलव ७ छ यो उच्चतम वृद्धिद्वर हो सबै मिलेर अघि बढ्याँै भने हामी उदाहरणीय बन्न सक्छ ।’
मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार किसानले भोग्दै आएको मल र सिँचाइको समस्याप्रति गम्भीर भएको उल्लेख गर्दै आगामी वर्षदेखि समस्यामा कमी हुने गरी काम थालनी भएको बताए । मुख्यमन्त्री पोखरेलले नेपालगञ्ज पछाडि नपर्ने उल्लेख गर्दै भने, ‘हिजो नेपालगन्ज राम्रो थियो अहिलेपछि प¥यो भन्ने आवाज सुनिन्छ म चुनौतीका साथ भन्छु प्रत्येक वर्ष नयाँ उद्योग खुल्ने नेपालगञ्ज करिडोरमा तीन वर्ष पहिलाभन्दा अहिले धेरै उद्योग थपिएका छन् । नेपालगञ्ज यस्तो ठाउँ हो पछाडि पर्दैपर्दैन ।’











