कृष्ण अधिकारी
नेपालगन्ज : नेपालगन्जको भेरी अस्पताल मुटुरोगको उपचार सेवा भएको नेपालको एक मात्र पुर्ण सरकारी अस्पताल हो ।
मुटु रोगको उपचारका लागि भेरी अस्पतालमा २०७४ असार देखि क्थाथल्याब सेवा सुरु गरिएको थियो ।तर विशिष्टिकृत स्वास्थ्य सेवा अन्र्तगतको मुटुरोग उपचार सेवा संचालन गर्नका लागि स्थापना गरिएको भेरी अस्पतालको क्थाथल्याब सेवा भने बजेट र जनशक्तिको अभाबका कारण संकटमा परेको छ ।
६ करोड ५० लाखको लागतमा भेरी अंचल अस्पतालमा क्थाथल्याब जडान गरिए पनि क्याथ ल्याब संचालन गर्नका लागि भेरी अस्पतालमा नवौ तहका एक जना मात्रै मुटुरोग बिशेषज्ञ चिकित्सकको दरबन्दी छ ।
अस्पतालमा दरबन्दी भएका नवौ तहका मुटुरोग बिशेषज्ञ डा कृष्ण अधिकारीको बढुवा भएर एघारौ तह ( खुल्ला प्रतिस्पर्धाबाट) मा पुगे पछि नवौ तहका मुटुरोग बिशेषज्ञ पद रिक्त छ ।
बढुवा भएका डा अधिकारीको समायोजनका क्रममा बीर अस्पतालमा सरुवा भई सकेको छ । सरुवा भएका डा अधिकारी काठमान्डौको बीर अस्पतालमा जाने भए पनि स्बास्थ्य मन्त्रालयले भेरी अस्पतालमा हाल सम्म मुटुरोग बिशेषज्ञ लाई सरुवा गरेर नपाएका कारण अस्पतालमा संचालन हुदै आएको मुटुरोग उपचार सेवा प्रभाबित हुने अबस्था उत्पन्न भएको हो ।
मुटुरोग उपचार सेवाकै लागि भेरी अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स र कार्यालय सहयोगी गरेर १६ जना कर्मचारी करारमा राखिएको थियो ।
मुटुरोग उपचारका लागि बजेट निकाशा भएर नआएको जनाउदै अस्पताल ब्यबस्थापनले करारमा राखिएका मेडिकल अफिसर, स्टाफ नर्सहरुलाई साउन महिना देखिको तलब भत्ता दिन नसक्ने जनाउदै पत्र दिएको छ ।
क्याथ ल्याब संचालन भएको २ बर्ष बिति सके पनि त्यका लागि आबश्यक पर्ने चिकित्सक तथा स्बास्थ्यकर्मीहरुको दरबन्दी र आबश्यक बजेट ब्यबस्था नहुदा सरकारले मुटुरोग उपचार सेवा संकटमा परेको हो ।
क्याथल्याव सेवामा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्सहरुलाई तलब भत्ता दिन र अत्याबश्यक सामाग्रीहरु खरिद गर्नका बार्षिक १ करोड ५० लाख बजेट आबश्यक पर्छ । तर सरकारले समय मै
बजेट निकाशा नगरिदिदा क्याथ ल्याब सेवामा कार्यरत चिकित्सक तथा स्बास्थ्यकर्मीहरुले ५÷६ महिना सम्म तलब नपाउने , अत्याबश्यक सामाग्रीहरु खरिद गर्न नसक्दा मुटुरोगको उपचार सेवा नै प्रभाबित हुदै आएको छ ।
मुटुरोग जस्तो अत्यन्त संबेदनशिल रोगको उपचार सेवामा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्स स्वास्थ्य मन्त्रालय तथा अस्पताल ब्यबस्थापनको लापरबाहीका कारण तनाबपुर्ण वाताबरणमा काम गर्न बिबश भएको अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा कृष्ण अधिकारीले बताए ।
पछि अस्पतालले मुटुरोगका बिरामीहरुको उपचारलाई थप प्रभाबकारी बनाउन एन्जियोप्लाष्टि, एन्जियोग्राफी, अस्थायी पेश मेकर राख्ने सेवा संचालन गर्दै आएको छ ।
अस्पतालले हाल सम्म १ सय जना भन्दा बढीको एन्जियोग्राफी , १८ जना बिरामीको एन्जियोप्लाष्टि तथा ८ जना बिरामीमा अस्थायी पेश मेकर राखेर उपचार गरि सकेको छ ।
भेरी अस्पतालले काठमान्डौको सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रले लिने बराबरकै शुल्क लिएर बिरामीहरुलाई मुटुरोगको उपचार सेवा प्रदान गर्दै आएको छ ।
आगामी आर्थिक बर्षका लागि मुटुरोग उपचार सेवा संचालनका लागि हाल सम्म बजेट आउने एकीन नभएकाले २०७६ साउन देखि तलब भत्ता दिन नसक्ने अबस्था नभएकाले मुटुरोग उपचार सेवाका लागि करारमा राखिएका मेडिकल अफिसर, स्टाफ नर्स गरी १६ जनालाई २०७६ साउन देखि तलब भत्ता दिन नसक्ने ब्यहोराको पत्र दिएको हो । बजेट र जनशक्तिको अभाबका कारण क्याथल्याब सेवालाई संचालनमा समस्या भएको भेरी अस्पतालका प्रमुख डा रुपानन्द अधिकारीले बताए ।
भेरी अस्पताल नेपालगन्जमा मुटुरोग संग सम्बन्धित दैनिक ४० जना बिरामी उपचारका लागि आउने गरेका छन । अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये करिब ७० प्रतिशत उच्च रक्तचाप सम्बन्धी बिरामी रहका छन । त्यसै गरी मुटुको नशा साधुरो भएका र हाड फेलर सम्बन्धी समस्या भएका बिरामीहरु पनि करिब १० ÷१० प्रतिशतको हारहारीमा रहेका छन छन ।
त्यसै गरी जन्मजात मुटुको समस्या भएका , मुटुको चालमा गडबडी भएका, मुटुको बरिपरी पानी भरिएका, मुटुको बाथ रोग सम्बन्धी समस्या भएका बिरामीहरु रहेका छन ।