विषादी परीक्षण पछि भित्रिन थाले सीमामा रोकिएका फलफुल, तरकारीका गाडी

सुष्मा शाही/प्रशिक्षार्थी

नेपाल–भारत सीमाको जमुनाह नाकाबाट भित्रिने फलफुल तथा तरकारीको विषादी परीक्षण सुरु भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले परीक्षण विना फलफुल, तरकारी नेपाल भित्र्याउन रोक लगाएपछि परीक्षण सुरु गरिएको हो । आइतबार मात्रै ११ वटा ट्रकमा ल्याइएका फलफुल तथा तरकारीको गुणस्तर परीक्षण गरिएको विषादी दु्रत विश्लेषण एकाइ नेपालगन्जले जानकारी दिएको छ । वाणिज्यको पत्र अनुसार, अब गुणस्तर चेकजाच पछि मात्रै फलफुल, तरकारी नेपाल भित्रन पाउने छन् ।


यसअघि भन्सारबाट निर्वाध रुपमा भित्रिने फलफुल तथा तरकारीको विषादी परीक्षण अनिवार्य गरिएपनि त्यसको चेकजाँचका लागि नेपालगन्जमा पर्याप्त व्यवस्था भने गरिएको छैन । नेपालगन्जमा विषादी दु्रत विश्लेषण एकाइले फलफुल, तरकारीको गुणस्तर जा“च गरिरहेको छ । नया“ व्यवस्था पनि परीक्षणका लागि आउने फलफुल र तरकारीको चाप बढेको विषादी दु्रत विश्लेषण एकाइका प्रमुख सकिल अहमदले बताए । ‘आइतबार आएका ११ वटा नमूना परीक्षण गरी पठाएको छु’, विषादी दु्रत विश्लेषण एकाइका प्रमुख अहमदले भने, ‘सोमबार पनि २२ वटा ट्रकका ४० वटा नमूना परीक्षणका लागि आएका छन् ।’


विषादी दु्रत विश्लेषण एकाइमा कामको चाप बढेपछि कर्मचारी भने सकिल मात्रै छन् । बढ्दो चाप थेग्नका लागि थप ४ जना कर्मचारी आवश्यक पर्ने उनी बताउ“छन् । ‘एउटा नमूना परीक्षणका लागि २० मिनेटसम्म लाग्छ’, उनी भन्छन्, ‘परीक्षणका लागि आउने नमूना बढ्दै जाने हो भने थप कर्मचारी आवश्यक पर्छ ।’


नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले गुणस्तर परीक्षण नगरी मालवाहकको जा“च पास रोकेको बताएका छन् । ‘भन्सार आउने तरकारी तथा फलफुलको नमूना संकलन गरेर विषादी दु्रत विश्लेषण एकाइ परीक्षणका लागि पठाइने गरेको छ’, सूचना अधिकारी जोशीले भने, ‘परीक्षणमा विषादी फेला परे सामानको जा“चपास गरिने छैन ।’
विषादी परीक्षणका कारण भन्सारबाट वस्तु भित्रिन थप समय भने लाग्नेछ । नेपालगन्ज भन्सार कार्यालयबाट झण्डै पा“च किलोमिटर दुरीमा रहेको रानी तलाउमा विषादी दु्रत विश्लेषण एकाइको कार्यालय रहेको छ । नेपालगन्ज भन्सार भएर विभिन्न जिल्लाका लागि दैनिक सरदर १० वटा तरकारी तथा फलफुलको गाडी भित्रिने गरेको नेपालगन्ज भन्सारका सूचना अधिकारी जोशीले बताए ।


विषादी दु्रत विश्लेषण एकाइका प्रमुख अहमदले परीक्षणका क्रममा विषादीको मात्रा ३५ प्रतिशत भन्दा बढी भएमा त्यसलाई खान नमिल्ने बताएका छन् । ३५ देखि ४५ सम्म भएमा क्यारेन्टाइन गर्नुपर्ने र त्यसभन्दा माथि भएमा डिस्पोज नै गर्नुपर्ने सकिलले बताए ।
उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले सीमाबाट भित्रिने खाद्य पदार्थको विषादीको चेकजाँच उपभोक्ताको स्वास्थ्यका लागि महत्वपूर्ण रहेको बताएका छन् । ‘विषादीको मात्रा परीक्षण राम्रो विषय हो, तर त्यसका लागि सीमामै धेरै समय तरकारी तथा फलफुललाई रोकिने हो भने परीक्षणको सिर्टिफिकेट जारी हुँदासम्म सड्न सक्छन्’, उनले भने, ‘पर्याप्त जनशक्तिको व्यवस्थापन गरेर तत्कालै परीक्षण हुने व्यवस्था मिलाइनु पर्दछ ।’


नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले विषादी छ/छैन भन्नेबारे परीक्षणपछि मात्रै थाहा हुने र सोही आधारमा ट्रकहरुलाई जाँच पास दिने बताएका छन् । ‘विषादीयुक्त पाइएमा ट्रक फिर्ता पठाइनेछ’, उनले भने । नेपालमा प्रतिबन्धित क्लोरडाइन, डिडिटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, मोनोक्रोटोफस, लिण्डेन, बिएचसी, फोस्फामाइडन, ओरगानो मर्करी फंगिसाइड, मिथाइल प्याराथिन, इण्डोसल्फेन जस्ता विषादी अवैध रुपमा बिक्री वितरण हुने गरेका र तरकारी खेतीमा प्रयोग हुने अधिकांश विषादी भारत र अन्य मुलुकबाट आयात हुने गर्छन् । त्यसलाई नियमन गरेर आखाद्य वस्तु भित्रिन नदिन सरकारले विषादीको मात्रा चेकजाँच गर्न थालेको हो ।


विषादी प्रयोग गरेका बालीनाली कति दिनसम्म टिपेर बिक्री वितरण र उपभोग गर्ने भन्नेबारे किसानले ध्यान नदिँदा त्यस्ता तरकारी र खाद्यान्न प्रयोगले मानव स्वास्थ्यमा असर गरिरहेको छ । विषादीयुक्त तरकारी र खाद्यान्न प्रयोगले श्वासप्रश्वास, छाला, नसाका साथै स्मरणशक्ति, प्रजनन क्षमतामा असर पर्ने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया