स्कुल आइडल अडिसन सुरु

बाँके स्कुल आइडलको दोस्रो संस्करणका लागि अडिसन सुरु भएको छ ।

मिडिया ल्याब प्रोडक्सन प्रा.लि.ले बाँकेका विद्यालय स्तरका युवाहरु बीच सामूहिक नृत्य प्रतियोगिताबाट प्रतिभा छनोट गर्न सुरु गरेको स्कुल आइडलमा शनिबारबाट अडिसन सुरु गरिएको हो ।

‘१७ वटा समूहले अडिसन राउण्ड क्लियर गरेका छन्’, मिडिया ल्याबका अध्यक्ष भरत महतोले दैनिक नेपालगन्जसँग भने, ‘आउँदो शनिबारबाट ओपिनिङ राउण्ड सुरु हुन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया