नयाँ मुलुकी लागु भएपछि बाँकेमा सम्बन्ध विच्छेदका वृद्धि
रुपा गहतराज
गत भदौदेखि नयाँ मुलुकी देवानी संहिता ऐन, २०७४ लागु भएसँगै बाके जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । विगतको भन्दा तुलनात्मकरूपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको बाके जिल्ला अदालतका श्रेष्तेदार यदुनाथ शर्मा बताउँछन् । गत आर्थिक वर्ष ०७४÷७५ मा बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि १ सय ३० जनाले मुद्दा दर्ता गराएका थिए । त्यसो संख्या चालु आर्थिक बर्ष ह्वात्तै बढेको छ । आ.व. ०७५/०७६ को बैशाखसम्ममा ४ सय २८ मुद्दा दर्ता भएको तथ्यांक जिल्ला अदालतमा छ । दुई गत र चालु आ.व.मा गरी ५ सय ५८ सम्बन्ध विच्छेदका मुद्दा अदालतमा दर्ता भएका छन् ।
पुरानो मुलुकी ऐन विस्थापित भएर नयाँ मुलुकी देवानी संहिता ऐन लागु भएयता सम्बन्ध विच्छेदका लागि पुरुष पनि अदालत धाउन थालेका छन् । पुरुषले ९३ र महिलाले ४ सय ६५ सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका छन् । हरेक महिना कम्तीमा १५ जना पुरुषले सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर गरेको तथ्यांकले देखाएको अदालतका श्रेष्तेदार शर्मा बताउँछन् ।
श्रेस्तेदार शर्माका अनुसार, अदालतमा दायर भएकामध्ये २८५ मुद्दा फैसला भएका छन् । कतिपय मुद्दा दायर भएर पनि तारिख लिन नआएका कारण बिचमै रद्द भएको उनी बताउँछन् । २७३ मुद्दा विचाराधिन अवस्थामा रहेका छन् । नयाँ कानुन लागु भएपछि अन्य प्रकारका मुद्दामा कमी आएको छ भने सम्बन्ध विच्छेदका मुद्दा बढेको बाके जिल्ला अदालतले जनाएको छ । श्रेष्तेदार शर्माका अनुसार, नयाँ कानुन लागु भएसँगै परुषले आफ्नो हक प्रयोग गर्दै सिधै अदालतमा मुद्दा दर्ता गर्न पाउने भएका कारण सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको बताए ।
बालबिहे गरेका कारण तथा बैदेशिक रोजगारीमा दुई तीन वर्ष बिताएर घर फर्कने पुरुषले पत्निको आचरण माथि शंका गर्नु, पति विदेशमै रहेका बेला पत्निको परपुरुषसँग सम्बन्ध जोड्नु जस्ता कारणले गर्दा पनि बाँकेमा सम्बन्ध बिच्छेद गर्ने दम्पत्तिहरुको संख्या दिन प्रति दिन बढदै गएको अदालतका श्रेस्तेदार शर्माको बताउँछन् । ‘उमेर नपुग्दै विहे हुन्छ, महिला घरमै बस्छन तर पुरुषहरु अध्ययन वा कामको शीलशीलमा बाहिर बस्छन्’, उनले भने, ‘लामो समय सम्म बाहिर बस्दा पुरुषहरुको अन्य युवती वा महिलासंग सम्बन्ध नजिकिन्छ अनि पुरुषहरु अर्को विहे गर्ने निर्णयमा पुग्छन्, यही कारणले नै अधिकांश सम्बन्ध विच्छेद हुने गरेको छ ।’
कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुदै गएपछि एकले अर्कालाइ मन नपराउने कारणले सम्बन्ध विच्छेद गर्ने प्रवृति बढ्दै गएको अधिवक्ता बसन्त गौतम बताउँछन् । वैदेशिक रोजगारीका कारण पनि पतिपत्नि बिच सम्बन्ध विच्छेद हुने गरेका गौतमले बताए । अदालतमा भेटिएकी बाँके निवासी निमा (नाम परिवर्तन) श्रीमान् वैदेशिक रोजगारीमा गएर फर्केपछि कुटपिट गर्न थालेपछि सम्बन्ध विच्छेदको निर्णयमा पुगेको बताउँछन् । बालविवाह गरेकी सिमा (नाम परिवर्तन) ले सम्बन्धमा किचलो सुरु भएपछि सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेको बताइन् ।