राष्ट्रगानमा झुक्यो रावतको शिर, मुलुकको अखण्डता स्वीकार

मुलुक विखण्डको नारा बोकेर हिडेका सिके राउत पछि हटेका छन् । उनले मुलुकको अखण्डता स्वीकार गरेका छन् । राउतले शुक्रबार राजनीतिक सहमति उद्घोषण कार्यक्रम उद्घाटनका क्रममा राष्ट्रको सम्मानमा बजाइएको राष्ट्र गानमा आफ्नो शिर झुकाएका छन् ।
सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच १० बुँदे सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया