नेपालगन्जमा निजी विद्यालयको छुट्टै संगठन !

नेपालगन्जका संस्थागत विद्यालयहरु गोलबद्ध भएका छन् । यसअघि प्याब्सन, एन प्याब्सन र नन प्याब्सनका रुपमा छुटाछुटै रहेको उनीहरुको भेलाले अर्जुनलाल नेवारको अध्यक्षतामा नेपालगन्ज प्राइभेट स्कुल एशोसिएसन (नेप्सा) स्थापना गरेका हुन् ।
‘प्याब्सन, एन प्याब्सन सबै विद्यालयहरुको यो छाता संगठन हो’, तदर्थ समितिका अध्यक्ष नेवारले दैनिक नेपालगन्जसँग भने । नेप्साको उपाध्यक्षमा वामदेव न्यौपाने छन् । कृष्ण जिसी सचिव र राजन श्रेष्ठ कोषाध्यक्ष रहेको नेप्सामा चिरञ्जीवि चन्द, सञ्जीव गुरुङ्ग र राम बहादुर जिसी सदस्य रहेको प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष डा. राजेश केशर खनालले जानकारी दिए ।
नेपालगन्जमा मात्रै झण्डै १ सय संस्थागत विद्यालय छन् । उनीहरु प्याब्सन, एनप्याब्सनका नाममा छुट्टाछुट्टै संगठित रहँदै आएपनि आइतबारको भेलाले नेपालगन्ज क्षेत्रका संस्थागत विद्यालयलाई एउटै छातामूनि गोलबद्ध गरेको एन प्याब्सनका केन्द्रीय पदाधिकारी समेत रहेका न्यौपानेले जानकारी दिए ।
अध्यक्ष नेवारका अनुसार, नेपालगन्जमा मात्र अर्ब बढीको लगानी संस्थागत विद्यालयमा छ ।

प्रतिक्रिया

प्रतिक्रिया