बाँके प्रहरीको एक्सन, चोरीको एक घण्टामै समातियो चोर

जिल्ला प्रहरीले उपलब्ध गरायो यस्तो विवरण

घटना बिवरण
भारत पटना घर भई जिल्ला बाँके ने.ग.उ.म.न.पा.वडा नं.१ स्थित पप्पु काँदुको घरमा डेरा कोठा लिई रिक्सा चालकको काम गर्दै आएका भुषण कुमार साहको डेरा कोठाबाट मिति २०७५।१०।१० गते नेपाली रु १,३५५।( भा.रु.१२५।(, सेटअफ बक्स थान १, सिम सहितको मोबाईल थान २, झोला समेत चोरी भएको भनि आज मिति २०७५।१०।११ गते ०८स्०० बजेको समयमस यस कार्यालयमा जानकारी हुदा साथ यस कार्यालय बाट खटिएको प्रहरी टोलीले निम्न मानिसहरुलाई ०९स्०० बजको समयमा जिल्ला बाँके जानकी गा.पा.वडा नं.३ करमोहना बाट चोरीको सामान सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

नियन्त्रणमा परेका ब्यक्तिको विवरण स्
नामथर  अब्दुल सलाम राईनी
वतन जिल्ला बाँके ने.ग.उ.म.न.पा.वडा नं.१
उमेर २६ बर्ष

नामथर  अब्दुल तैयाब शेष
वतन जिल्ला बाँके ने.ग.उ.म.न.पा.वडा नं.२३
उमेर २९ बर्ष

बरामद सामान
नगद नेपाली रु.१३,५५।, भा.रु.१२५ ।, सेटअप बक्स थान १, सिम सहितको मोबाईल थान २, चोरी गर्दा प्रयोग गरेको कटारी थान १, पिलास थान १, भे १ ह १४६२ नं.को ई-रिक्साको बिलबुक थान १, कालो झोला थान १, भारतिय सिम ४, एनसेल सिम १ ।

कानुनी सजाँय
मुलुकी फौजदारी कार्य्बिधी (संहिता) २०७४ को चोरी तथा डाँका कसुर अनुसार चोरी गर्ने लाई ३ वर्ष सम्म कैद र ३०,००० । सम्म जरिवाना र विगो भराउने ।

प्रतिक्रिया

प्रतिक्रिया