मनाइयो महिला स्वास्थ्य स्वयंसेवी दिवस

१५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवी दिवसका अवसरमा आज नेपालगञ्जमा प्रभातफेरी, स्वयंसेवी सम्मान लगायतका कार्यक्रम गरिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा नेपाल महिला स्वास्थ्य स्वयंसेवीको आयोजनामा आज ब्याण्ड बाजासहित नगरमा ¥याली निकालिएको छ भने २३ वडाका २३ स्वास्थ्य स्वयं सेवीकालाई सम्मान गरिएको छ । उपमहानगरपालिकाको मुल गेटदेखि सुरु प्रभातफेरी त्रिभुवनचौक, त्रिवेणीमोड, घरवारी टोल हुँदै धम्वोझीबाट ओम रिसोर्टमा पुगेर सभामा परिणत भएको थियो । महिला स्वास्थ्य स्वयं सेवीकाको निस्वार्थ सेवाः राष्ट्र निर्माणमा टेवा भन्ने मुल नारासहितको ¥यालीमा स्वयंसेवीले नाचगानसहित स्वास्थ्य सचेतना फैलाएका थिए । निरन्तर स्वास्थ्य सेवामा योगदान पु¥याएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका भित्रका २३ जना महिला स्वयं सेवीकालाई कदर पत्र, तामाको कलश, दोसल्लासहित सम्मान गरिएको थियो ।

 
सम्मान गर्दै उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिला स्वयं सेवीको भूमिका र जिम्मेवारीअनुसार राज्यले प्रयाप्त सेवा सुविधा दिन नसकेपनि उनीहरुका सवाल र मुद्धामा स्थानीय तह थप जिम्मेवार बन्दै गएको दावी गर्नु भयो । स्वयंसेवीकाले सरकारका स्वास्थ्य लगायतका विभिन्न कार्यक्रम र अभियानलाई सफल बनाएको भन्दै उहाँले वडास्तरमा पनि आवश्यक वजेट र कार्यक्रम छुटयाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

 

 
महिला स्वास्थ्य स्वयंसेवी संघका अध्यक्ष मन कुमारी सिलवालले सरकारका राष्ट्रिय अभियान सफल बनाउने देखि बाल, मातृ मत्यूदर न्यनूीकरणमा समेत अंह भूमिका निर्वाह गरिरहेको स्वयंसेवीलाई सम्मानपुर्वक हेर्न र व्यवहार गर्न आग्रह गर्नु भयो । वडा न १३ का वडा अध्यक्ष विरेन्द्र बहादुर शाह, स्वास्थ्य कार्यालयका प्रमुख पे्रम केसी, पे्रस यूनियन बाँकेका पुर्व अध्यक्ष नरेन्द्र थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।

 

 

वडा न १३ का वडा अध्यक्ष शाह, वडा न १० का अध्यक्ष विन्दु भुषण वस्नेत, कार्यपालिका सदस्य बसन्ता जोशी, इन्दिरा शाही, देउमल सुनार, सिमा कशौधन, मञ्जु नेपाली, नन्कौ पठान लगायत अतिथीले स्वयंसेवीलाई कदर पत्र प्रदान गर्नु भएको थियो । जनप्रतिनीधी, स्वाथ्य सम्वद्ध कर्मचारी लगायतको सहभागिता रहेको कार्यक्रमको स्वागत मन्त्व्य महिला स्वास्थ्य स्वयंसेवी संघका सचिव राधीका सिंहले गर्नु भएको थियो भने सञ्चालन उपमहानगरपालिकाका स्वाथ्य शाखाका सिनीयर अहेव हरिहर तिवारीले गर्नु भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया