१३ बर्ष पछि हेमकार परिवारका हत्या आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले १३ बर्ष वर्ष पछि नेपालगन्ज सदरलाइनका सुन व्यवसायी दिपक हेमकार परिवारका हत्या आरोपीलाई पक्राउ गर्न सफल भएको छ ।
२०६२ साल फागुन २३ गते राती दिपक सहित ३ जना परिवारका अन्य सदस्य र १ जना कामदारको हत्या भएको थियो । घाँटी रेटी हत्या गरिएको उक्त घटनाका अभियोगी भारत उत्तरप्रदेशका ६४ बर्षिय किशोरीलाल सोनीलाई प्रहरीले शनिबार पक्राउ गरेको जानकारी दिएको छ ।

घटना विवरण :
जिल्ला बाँके साविक नेपालगंज उप–महानगरपलिका वडा नं. १५ हाल वडा नं. ११ सदरलाईन स्थित न्यू दिप ज्वलर्स पसलमा मिति २०६२।११।२३ गते रातको समयमा उक्त ज्वलर्सका संचालक दिपक हेमकार समेत ५ जना व्यक्तिहरु लाई घाँटी रेटी हत्या गरेको वारदातमा संलग्न रही भागी फरार रहेका भारत उत्तर प्रदेश सीतापुर जिल्ला विसवां बजार स्थायी घर भई हाल भारत लखनउ सीतापुर प्रियदर्शनी कलोनीरोड वस्दै आएका वर्ष ६४ को किशोरीलाल सोनी मिति २०७५।०६।१३ गते जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं. १५ जमुनाह नाका हुदै नेपाल तर्फ प्रवेश गरेको भन्ने सूचनाको आधारमा यस कार्यालय बाट खटिएको प्रहरी टोलीले निज किशोरीलाल सोनी लाई ०८:०० बजेको समयमा फेला पारी पक्राउ गरेको ।
घटना मिति : २०६२।११।२३ गते राती ।
घटनास्थल : जिल्ला बाँके साविक नेपालगंज उप–महानगरपलिका वडा नं. १५ हाल वडा नं. ११ सदरलाईन रोड ।
मृतकहरुको विवरण :
१. जिल्ला बाँके साविक नेपालगंज १५ सदरलाईन वस्ने वर्ष ८२ कि गुलाव देवी हेमकार
२. ऐ.ऐ.वस्ने वर्ष ६२ को जगदेव हेमकार
३. ऐ.ऐ.वस्ने जगदेव हेमकारको श्रीमति वर्ष ४५ कि सितादेवी हेमकार
४. ऐ.ऐ.वस्ने जगदेव हेमकारको छोरा वर्ष ३२ को दिपक हेमकार
५. ऐ.साविक खाकुश्मा गा.वि.स.वडा नं. १ कुशुम घर भई न्यू दिप ज्वलर्समा काम गर्ने वर्ष १५ को राम शनिच्चर चौधरी

पक्राउ व्यक्तिको विवरण :
नाम : किशोरीलाल सोनी
वतन : भारत उतर प्रदेश सीतापुर जिल्ला विसवां बजार
उमेर : ६५ वर्ष
पक्राउ मिति : २०७५।०६।१३ गते ।

अन्य विवरण :
 मृतक सवैको घाँटीमा धारिलो हतियारले रुद्रघण्टी काटिएको ।
 मृतकहरु लाई सुतेकै ठाँउमा हत्या गरिएको ।
 मृतकहरु सवैको शव परिक्षण प्रतिवेदनमा मृत्युको कारणमा धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको देखिन आएको ।

घटनाको प्रकृति / अवस्था:
 घरको अगाडी तथा पछाडी ढोका बन्द रहेको, घरको पछाडी साडी झुण्डीएको अवस्थामा रहेको ।
 मृतक सवैको घाँटीमा धारिलो हतियारले रुद्रघण्टी काटिएको ।
 घरको कोठामा सरसामान तथा सुनचाँदीका गरगहना समेत रहेको ।
हाल सम्मको अनुसन्धान प्रगति विवरण :
 मृतक मध्ये चार जना (हेमकार थरका) एकै घर परिवारका सदस्य रहेको र १ जना राम सनिच्चर चौधरी काम गर्ने व्यक्ति रहेको ।
 घटनास्थल रहेको घर दुई तलाको रहेकोमा माथिल्लो तलामा सम्पुर्ण व्यक्तिहरुको हत्या भएको ।
 प्रस्तुत वारदात सम्बन्धमा सुरु जाहेरी मृतक जगदेव हेमकारका छोरा मनोज हेमकार बाट मिति २०६२।११।२४ गते पर्न आई अनसुन्धान भएको । विचमा अन्य व्यक्तिहरु बाट पनि जाहेरी पर्न आएको ।
 हत्या भएका व्यक्तिहरुको मृत्यु पश्चात निजहरुको नाममा दर्ता श्रेस्ता रहेको बाँके जिल्लाको विभिन्न ठाँउको जग्गा मृतकहरुको हकदार दिपा हेमकारको नाममा मिति २०६३।०२।१४ मा पास भएको देखिएको ।
 निज दिपा हेमकारको नाममा रहेको जग्गा समेत विभिन्न मितिमा नेपालगंजकै विभिन्न व्यक्तिहरुको नाममा पास भएको देखिन आएको ।

प्रतिक्रिया

प्रतिक्रिया