देश दौडाहामा युवा साइक्लिस्ट

देशका ७७ वटै जिल्ला मा साइकल यात्रा गर्ने उधेश्य सहित यात्रामा निस्किएका सुनसरी चतरा का २७ बर्शिय युवा ओमप्रकाश बानिया ६१ वटा जिल्ला को साइकल यात्रा पूरा गरि ६२औं जिल्ला बाके पुगेका छन् ।

 

बर्दिया को गुलरिया हुँदै बाके पसेका उनलाई नेपालगन्ज साइक्लिङ्ग क्लब का सचिव गगन थापा र सदस्य सतिश निरौला ले बाकेको खजुरा गाउँ पालिकामा स्वागत गरेको नेपालगन्ज साइक्लिङ्ग क्लब ले जनाएको छ।

 

शुक्रबार साझ बाकेको खजुरा आइपुगेका बानिया ले नेपालगन्ज को प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिर र जुङ्गे महादेव को र नेपालगन्ज शहर को परिक्रमा गर्नुका साथै छिमेकी मुलुक भारत को उत्तर प्रदेश को बहराइच जिल्ला को बाबागन्ज सम्म को यात्रा गरेको र आइतबार नेपालगन्ज बाट दाङ्ग का लागि प्रस्थान गर्ने नेपालगन्ज साइक्लिङ्ग क्लब का सदस्य सतिश निरौलाले जानकारी दिनु भयो।

प्रतिक्रिया

प्रतिक्रिया