विकाससँग जोडिदै गाउँ

नेपालगन्जसँग उपमहानगरपालिका बन्दा जोडिएका १० वटा गाउँ विकास समिति नेपालगन्ज नगरसँग बिस्तारै विकासमा पछि जोडिदैछन् ।

 

फुल्टेक्राबाट बाँके गाउँको छेउ हुँदै हिरमिनियासम्म आधुनिक चिल्लो सडक निर्माण भएपछि बाबु गाउँमा मानस®ोव® एम्युजमे))न्ट पार्क एण्ड ®िसो))र्ट प्रा.लि. कम्पनीले एक अर्ब बढीको परियोजना ल्यायो । उपमहानगरपालिकासँग जोडिएका गाविसमा सडक बिस्तार कार्य भएपछि गाउँहरु विकाससँग जोडिएको यो पछिल्लो उदाहरण हो । ‘यही बाटोका कारण हामीलाई परियोजना ल्याउन उत्साहित पार्यो’, प्रालिका एक जना सञ्चालक सन्तोष सिंहले दैनिक नेपालगन्जसँग भने, ‘हामीलाई बैंकले पनि विश्वास गर्यो ।’ त्यसरी नै साविकका वडाहरुसँग १० गाविस जोडिएका बस्तीहरुमा यतिबेला फराकिलो सडक बिस्तार भैरहेको छ । यसले नेपालगन्जसँग उनीहरुलाई जोडेको मात्रै होइन विकाससँग पनि जोडेको अनुभूत गर्न सकिन्छ ।

 

 

नेपालगन्जसँग जोडिएका पूर्व गाविसहरु बिस्तारै विकासतर्फ लम्किरहेका छन् । गाविस हुँदा जनसंख्या र भुगोलका आधारमा १५ देखि २० लाखसम्म अनुदान पाउने पूर्व गाविसहरुको बजेट नेपालगन्जमा जोडिएर वडा बनेपछि ह्वात्तै बढेको छ । अनुदान बढेसँगै विकास निर्माणका कामहरुले गति लिएका छन् । वडाहरुले अनुदानबाट शिक्षा, स्वास्थ्य, सडक कालोपत्रे, गाभ्रेल, कल्भर्ट तथा ढल निर्माण, लक्षित वर्गका कार्यक्रमहरु आफैले सञ्चालन गरिरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले आन्तरिक स्रोत, एकीकृत सहरी विकास परियोजना, सहरी विकास कार्यालय अन्तर्गत नगरमा ९० किलोमिटर सडक कालोपत्रेका काम गरिरहेको छ । सोही योजना पछि जोडिएका वडामा पनि पुगिरहेको छ ।
नेपालगन्जलाई उपहानगर बनाउन जोडिएका वडाहरुले पाएको बजेटबाट स–साना बाटो ग्राभेल, पिसिस, ढल तथा नाला निर्माण काम गरिरहेको छन् भने ठूलो बाटोको लागि सहरी विकास अन्तर्गत पार्नका लागि पहल थालेका छन् ।

 

 

गाविसबाट नेपालगन्जमा गाभिएर वडा बनेको वडा नं. १८ कारकाँदोले चालु आ.व. ०७५÷०७६ का लागि १ करोड २२ लाख २० हजार प्राप्त गरेको छ । नेपालगन्ज–१८ का वडाध्यक्ष दिपक बर्माले गतबर्ष वडामा १४÷१५ वटा निर्माणका योजना सम्पन्न गरिएको जानकारी दिए । ‘बाटो ग्राभेल, माटो पटान, कल्भर्ट निर्माण लगायतका कामहरु गतबर्ष भएका छन्,’ उनले भने, ‘चालु आ.व.मा थप बाटो र पहिले निर्माण गरिएका बाटोका स्तरोन्नती गरिने अध्यक्ष बर्माले जानकारी दिए ।’ ‘वडामा आएको सम्पूर्ण बजेट सदुपयोग गरिएको छ’, अध्यक्ष बर्मा भन्छन्, ‘वडामा सहरी विकासका ३ वटा बाटो योजनामा छन् ।’

 

 

चालु आ.व. ०७५/०७६ का वडा नं. २० मनिकापुरले १ करोड ४९ हजार ३५ हजार रुपैयाँ बजेट प्राप्त गरेको छ । उक्त वडामा सहरी विकास कार्यालय मार्फत ६ वटा बाटा बनेका छन् । वडाध्यक्ष कृष्ण कार्की भन्छन्, ‘वडाको बजेटमा जनसहभागिता समेत हुने गरी काम अगाडि बढाइएको छ ।’ यस बर्ष वडा भित्र ४ वटा बाटो पिसिसि गर्ने योजना छ । ‘ठूलो बाटो बनाउन वडाको बजेट बाट मात्रै सम्भव हुँदैन’, वडाध्यक्ष कार्की भन्छन्, ‘ठूला बाटो निर्माणको योजना सहरी विकासमा पठाएका छौं ।’ उपमहानगरसँग जोडिएकाले ग्रामीण क्षेत्रलाई प्राथमिकता दिनुपर्ने कार्कीको भनाइ छ । ‘गाविसबाट उपमहानगर बनाउन गाभिएका वडाहरुको भौतिक पूर्वाधार विकासमा उपमहानगरपालिकाले थप दिन आवश्यक छ’, वडाध्यक्ष कार्की भन्छन् । अनुमानित बजेट छुट्याएकोमा योजनामा जाँदा बढी खर्च हुँदा समस्या हुने गरेको अनुभव सुनाउँछन् वडाध्यक्ष कार्की ।

 

 

‘जनअपेक्षा धेरै छ’, वडाध्यक्ष कार्की भन्छन्, ‘विकासको चाहना स्वभाविक पनि हो तर, वडाको बजेटले मात्रै सबै काम हुन सक्ने अवस्था छैन ।’ संघीय व्यवस्था आएपछि जनस्तरमा अपेक्षा पनि धेरै बढेको बताउँछन् वडाध्यक्ष कार्की । ‘आवश्यकता र बजेटको अवस्थालाई मध्यनजर गरी विकासका काम गरिरहेका छौं’, उनी भन्छन्, ‘गर्नुपर्ने काम धेरै भएकाले बजेट भने अभाव हुने गरेको छ ।’

 

 

नेपालगन्ज २२ पनि उपमहानगरपालिका भएसँगै गाभिएको एउटा वडा हो । जसका लागि चालु आ.व.मा ८७ लाख ९८ हजार बजेट छुट्याइएको छ । वडा नं. २० मा एकीकृत सहरी विकास परियोजना अन्तर्गत नाला निर्माणको क्रममा छ । हुलाकी सडकको केही भाग पनि यसै वडामा पर्दछ । मुआब्जाको टुङ्गो नलागेकाले रोकिएको वडा नं. २० अन्तर्गत हुलाकी सडक अन्तर्गतको खण्ड छिट्टै निर्माण सुरु हुनेमा विश्वस्त छन् वडाध्यक्ष विद्याराम बर्मा । उनी चालु आ.व.मा वडाको बजेटबाट ३ वटा बाटो पिसिस गर्ने योजनामा छन् । ‘थप दुई वटा बाटोका लागि सहरी विकास सँग अनुरोध गरिएको छ’, बर्मा भन्छन् । ‘हाम्रो वडा स्तरीय बाटोमा अलि पछाडि परेको छ’, अध्यक्ष बर्मा बाटोका लागि उपमहानगरसँग माग गरिरहेको बताउँछन् । ‘वडामा जनअपेक्षा बमोजिम गर्नुपर्ने काम धेरै छन्’, उनी भन्छन्, ‘बजेटले भ्याएसम्मका कामहरु गरिरहेका छौं ।’

 
गाविसबाट वडा बनेको वडा नं. १९ ले १ करोड ५ लाख २० हजार, २१ ले १ करोड ५७ हजार र २३ ले ६१ लाख ५४ हजार बजेट प्राप्त गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया