काठमाडौंमा म्याष्ट्रिक्सको उत्पादन ‘लन्च’

नेपालगन्जबाट सञ्चालित म्याट्रिक्स उड इन्डष्ट्रिज प्रालिले बजार बिस्तारलाई तिव्र पारेको छ । त्यसक्रममा आज सोमबार काठमाडौंमा पनि आफ्ना उत्पादन लन्च गरेको हो । ‘तीन जिल्ला हेर्ने गरी शाखा (डिलर) सञ्चालन गरिएको हो’, प्रालिका सञ्चालक विष्णु बहादुर रिमालले भने ।

 

युगान्डा, केन्या, साउथ अफ्रिका, भारत लगायतमा सफलता पछि २०७३ माघमा नेपालगन्जमा शाखाको रुपमा प्रालिलाई गिरिराज भुषाल, टंक धामी, अपूर्व सिंह, दिपेश बोहराले गरेका हुन् । प्रालिका अध्यक्ष गिरिराज भुषाल, सञ्चालक रिमाल, टंक धामीको उपस्थितिमा सोमबार एक कार्यक्रम बीच काठमाडौंमा शाखा सञ्चालनमा ल्याइएको हो ।

 

आधुनिक ढोका, डोरलक, ह्याण्डल, ह्याङ्गर लगायतका वस्तुहरु उत्पादन गर्दै आएको प्रालि गतबर्ष भदौंमा आइएसओ प्रमाणपत्र समेत प्राप्त गरिएको छ । विदेश निकासीका लागि आइसओ प्रमाण महत्वपूर्ण मानिन्छ । दैनिक एक सय ढोका उत्पादन क्षमता रहेको प्रालिले हाल ५० वटासम्म उत्पादन गरिरहेको छ । ‘माग अनुसार उत्पादन गरिरहेका छौं’, सञ्चालक रिमालले भन्छन्, ‘बिस्तार माग बढ्दै गएको छ, हामी पनि बिक्री केन्द्र बढाउँदै लगेका छौं ।’


काठद्वारा निर्मित ढोकाहरुका लागि भारतबाट कच्चा पदार्थ आयात गरिन्छ । उच्च प्रविधिको प्रयोग गरिएका आफ्ना उत्पादन बिक्रीका लागि देशका प्रमुख सहर नारायणगढ, बुटवल, काठमाडौं, धरान, इटहरी, महेन्द्रनगर धनगढी, सुर्खेत, पोखरा, नेपालगन्ज लगायत २१ वटा डिलर सञ्चालनमा रहेको सञ्चालक रिमालले जानकारी दिए । नेपालमा भवनहरु निर्माणको क्रम बढ्दो रहेकाबेला प्रालिले स्तरीय ढोकाको माग पूर्ति गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया