भेरी अञ्चल अस्पतालमा पहिलो पटक आर्थाेस्कोपीका मार्फतबाट घुँडाको शल्यक्रिया गरिएको हो
नेपालगन्ज/कृष्ण अधिकारी
नेपालगन्जको भेरी अञ्चल अस्पतालले अर्थाेस्कोपीका मार्फतबाट घँुडाको शल्यक्रिया गरी बिरामीको उपचार सुरु गरेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ट अर्थाेपेडिक कल्सल्टेन्ट सर्जन डा. बिनोद शेरचन र भेरी अञ्चल अस्पतालका अर्थाेपेडिक सर्जन डा. तिर्थेन्द्र खड्का सहितको चिकित्सकहरुको टोलीले दुरपिनका माध्यामबाट घुडा भित्रको मांसपेशी , नशा तथा कुरकुरे हाडमा भएको समस्याको शल्यक्रिया गरि उपचार सुरु गरेका हुन् । आर्थाेस्कोपी सेवामा दुरपिनको माध्यामबाट सानो प्वाल बनाएर जोर्नी भित्र अत्याधुनिक पद्दतिको प्रयोग गरी बिरामीको उपचार गरिन्छ ।
भेरी अञ्चल अस्पतालको हाड जोर्नी बिभागमा हुने उपचार सेवालाई बिस्तार गर्ने क्रममा राष्ट्रिय ट्रमा सेन्टर संग सहकार्य गरेर पहिलो पल्ट अर्थाेस्कोपी क्याप राखेर उपचार सेवा सुरु गरिएको हो । यस पटकको क्याम्पमा ६ जना बिरामीको अप्रेशन गरी उपचार गरिने अस्पतालका अर्थाेपेडिक सर्जन डा. तिर्थेन्द्र खड्काले बताए ।
नेपालका सरकारी अस्पतालहरु मध्ये काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर र चितबनको भरतपुर अस्पतालमा मात्रै उपलब्ध भएको आर्थाेस्कोपी सेवा लाई देशका प्रमुख सरकारी अस्पतालहरुमा बिस्तार गर्ने क्रममा नेपालगन्जमा आर्थाेस्कोपी क्याम्प राखेर उपचार सेवा सुरु गरिएको राष्ट्रिय ट्रमा सेन्टरका बरिष्ठ अर्थाेपेडिक कल्सल्टेन्ट सर्जन डा. बिनोद शेरचनले बताए ।
काठमाडौका निजी अस्पातलहरुमा आर्थाेस्कोपी मार्फत घँुडाको अप्रेशन गर्दा करिब ५ लाख रुपैयाँमा लाग्ने भए पछि केहि समय कुरेर भेरी अंचल अस्तालमा अप्रेशन गराएको गराएको बर्दियाका बिरामी सुदीप चौधरीले बताए । भेरीमा अप्रेशन गर्दा करिब ८० हजार खर्च लाग्ने अनुमान गरेको उनले बताए । नेपालगन्जमै आर्थाेस्कोपी सेवा सुरु भएपछि सुदीप जस्तै यस क्षेत्रका धेरै बिरामीहरु लाभान्वित भएका छन् ।