शनिबार रातीदेखि निरन्तर नेपालगन्जमा झरी परेको छ ।
झरीका कारण नेपालगन्जका विभिन्न ठाउँ जलमग्न भएका छन् । घरबारीटोलका कतिपय व्यवसायीको पसलमा समेत पानी पसेको छ । सेतु विक चोकमा पानी ताल परेको छ ।
नेपालगन्जका विभिन्न सडक निर्माणका क्रममा रहेकाले सडक अस्तव्य बन्न पुगेको छ ।