बाढीपीडितका लागि सुरक्षित घर

बाँकेको फत्तेपुरका सयबढी बाढी पीडित परिवारका लागि सरक्षित घर बनाउन लागिएको हो

नेपालगन्ज/कृष्ण अधिकारी
बाढी र डुबानका कारण घर भत्किएर कष्टपुर्ण अवस्थामा बस्दै आएका बा“केको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरका १ सय ४ परिबारका लागि सुरक्षित घर निर्माण सुरु भएको छ । गत बर्ष आएको बाढीले राप्ती सोनारी गाउ“पालिका बडा नं ६ फत्तेपुरमा १ सय ६९ वटा घर पुर्ण रुपमा क्षतिग्रस्त भएका थिए । ती घरहरु मध्ये पहिलो चरणमा ह्याबिटाट फर ह्यामुनिटी, महिला उपकार मन्चले जिल्ला बिपद् ब्यवस्थापन समिति र गाउँ पालिका संग समन्वय गरेर १ सय ४ घर निर्माण सुरु गरेको हो ।
सम्बद्ध संस्थाका अनुसार, निर्माण गर्न लागिएका घरहरु बाढी र भुकम्प प्रतिरोधी २ कोठा, एउटा भान्सा र बरन्डा भएको पक्की घर हुनेछन । ‘बाढी र डुबानका कारण घर भत्किएपछि गोठ तथा त्रिपालको टहरामा कष्टपुर्ण बस्दै आएका गरिब, बिपन्न, एकल महिला र अपाङ परिबार छनौट गरी घर निर्माण गर्न लागिएको हो । घर निर्माणका लागि पहिलो चरणमा बाढीबाट पुर्ण रुपमा क्षति भएका अति गरिब र बिपन्न समुदायका ४० घरका लागि २ लाख ५० हजार सहयोग गरिंदैछ । बाढीबाट क्षति भएका घर निर्माणमा आफ्नो पनि केहि लगानी गर्न सक्ने ६४ घरका लागि ५० हजार देखि १ लाखसम्मको निर्माण जस्तापाता, छड, सिमेन्ट लगायतका निर्माण सामाग्री, दक्ष मित्री र अन्य प्राबिधिक उपलब्ध गराइने ह्याबिटाट फर ह्यामुनिटीका परियोजनाका संयोजक सजन महर्जनले जानकारी दिए ।

 
घर निर्माणका लागि आबश्यक पर्ने जनशक्ति गाउँमै तयार पार्नका लागि स्थानीय मिस्त्रीहरुलाई ७ दिने तालिम दिइएको छ । ‘सम्भब भए सम्म गाउँमै उपलब्ध सामाग्रीहरु ढुंगा, माटो काठको प्रयोग गरी घर निर्माण गर्न लागिएको छ,’ संयोजक महर्जनले दैनिक नेपालगन्ज सँग भने । घर निर्माणका लागि जस्तापाता, छड, सिमेन्ट लगायतका निर्माण सामाग्री, दक्ष मिस्त्री खर्च संस्थाले उपलब्ध गराउने र गाउँमा उपलब्ध हुने निर्माण सामाग्री तथा घर निर्माणका लागि आबश्यक पर्ने सहयोगी कामदारहरु घरधनीले उपलब्ध गराउने गरी घर निर्माण गर्न लागिएको हो ।
घर निर्माणको काममा सहयोग पुर्याउनका लागि फत्तेपुरका समाजसेबी लाल बहादुर थापाको संयोजकत्वमा ३० सदस्यीय समिति समेत गठन गरिएको छ । घर निर्माणको काम २०७७ असार मसान्त सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ । अति बिपन्न एक अपाङ्ग परिबारका लागि भने स्थानीय बासिन्दाहरुको सहयोगमा संस्थाले सम्पुर्ण खर्च ब्यहोरेर घर बनाइ दिने भएको छ ।

 
२०७४ साउन २७ गते आएको बाढीले बाकेमा ९ हजार बढी परिवार बिस्थापित भएका थिए । पूर्णरुपमा क्षति भएका बाढीपीडितहरु अझै पनि घरबिहिन छन् । कतिपय बाढीपीडितहरु सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् । आफ्नै जग्गा भएका परिबारका लागि घर निर्माण गर्न लागिएको हो । बाढी र डुबानका कारण घर भत्किएर समस्यामा परेका परिबारलाई बिभिन्न संघ संस्थाहरुको सहयोगमा सुरक्षित घर निर्माण सुरु गरिएको राप्ती सोनारी गाउपालिका वडा नं ६ का बडा अध्यक्ष जनक चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया