एनइएमा नयाँ नेतृत्व

नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसन (एनइए) बाँकेको अध्यक्षमा चिरञ्जीवि ओली सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न एनइएको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले ओलीलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।

 
नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रमोद गुप्ता, महासचिवमा विष्णु जोशी, सचिवमा थम प्रकाश कंडेल, कोषाध्यक्षमा डम्बर बहादुर चन्द निर्विरोध निर्वाचित भए । सदस्यहरुमा पंकज कुमार गुप्ता, उमेश कुमार कसौंधन, प्रचण्ड बहादुर जिसी, सुमन खरेल, सुभाष न्यौपाने, प्रिया गुप्ता, ताराकेशर खत्री, अब्दुल वाहिद सिद्दिकी निर्वाचित भएको अध्यक्ष ओलीले जानकारी दिए । कार्यसमितिको अवधी २ बर्षको हुनेछ ।

 
अध्यक्ष निर्वाचित ओलीले अब आफ्नो लक्ष्य एशोसिएसनलाई सबै इलेक्ट्रोनिक्स व्यवसायीको साझा बनाउने रहेको बताएका छन् । उनले साझा व्यवसायिक हितका मुद्दा सम्बोधन गर्न सम्बन्धित निकायमा आवाज उठाउने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया