नेपालगञ्ज उपमहानगरपालिका खुला दिसामुक्त घोषणा

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकालाइ खुला दिसामुक्त घोषणा गरिएको छ ।


उपमहानगरपालिका परिसरमा आज आयोजित एक समारोहमा जनप्रतिनिधि, सरोकारवाला र नगरबासीबीच नगर प्रमुख डा. धवल शम्शेर राणाले तेह्र बुँदे प्रतिवद्धतासहित नेपालगञ्जलाई खुल्ला दिसामुक्त घोषणा गर्नु भएको हो । उप–महानगरपालिकाका सबै २३ हजार तिनसय २८ घरधुरीमा शौचालय निर्माण भएपछि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।


उहाँले अनेकौ चुनौतीका बावजुत नगरलाई खुला दिशामुक्त गरिएकोमा धन्यवाद ज्ञापन गर्दै पूर्ण सरसफाइमा केन्द्रित हुनु आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारीले फोहर व्यवस्थापनमा नगरवासीले सहयोग गर्नुपर्ने बताउनु भयो । उपप्रमुख उमा थापा मगरले नगरलाई फोहरमुक्त गर्न सामुहिक हातेमालोमा जोड दिनु भएको थियो । सो अवसरमा नगर स्तरीय बाल क्लब सञ्जालकी अध्यक्ष अञ्जना चर्तुवेदी र एसएनभीका सल्लाहकार मुनबहादुर खड्काले नगर खुल्ला दिसामुक्त भएकोमा खुसी ब्यक्त गरेका थिए ।


सो अवसरमा खुल्ला दिशामुक्त अभियानमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, सामाजिक परिचालक, संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारी, नगर प्रमुख राणा, उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदी, प्रहरी प्रमुख टेकबहादुर तामाङले सम्मानपत्र वितरण गर्नु भएको थियो । कार्यक्रम सञ्चालन खुला दिशा मुक्त अभियानका फोकल पर्शन ओविराज आचार्यले गर्नुभएको थियो ।
उपमहानगरपालिकाका यस्ता छन् प्रतिबद्धताहरु

१. आजैका मिति देखि लागु हुने गरि यस नगरक्षेत्रमा बसोबास गर्ने हामी सबै नगरबासीहरुले खुल्ला स्थानमा दिशापिशाब गर्ने छैनौ ।

२. आजैका मिति देखि हामी सबै नगरबासीहरुले आफ्नो सेप्टीट्याङ्कीको पाईप नालामा खुल्ला रुपमा जोडने छैनौ ।

३. खाना खानु अघि पछि, फोहोर वस्तु छोए पछि र दिसा गरेपछि साबुन पानीले हात धुने छौ र हाम्रा बालबालिकालाई यस कार्यमा प्रोत्साहन गर्नेछौं ।

४. पारीवारिक तथा ब्यक्तिगत सरसफाईको महत्वबारे जनचेतना तथा स्वास्थ्य ब्यवहारमा परिवर्तनका अभियान संचालन गर्ने र सहभागी हुनेछौ ।

५. घरमा उत्सर्जन फोहोर व्यवस्थापन, शौचालय तथा पानीको श्रोत वरिपरी नियमित सरसफाई गर्नेछौ ।

६. स्वास्थ्य तथा सरसफाई अभियान निरन्तर संचालन गर्न समुदाय स्थित संस्था, क्लब, बिद्यालय, समुह, बालक्लब, किशोरी क्लब, युवा क्लव लगाएतका बिभिन्न संघ संस्थाहरुविच संजाल निर्माण गरि जन परिचालन गर्नेछौं गराउने छौं ।

७. पारिवारीक तथा ब्यक्तिगत सरसफाई नियमित प्रवद्र्धनका निमित्त नगर स्तरिय निगरानी समिति मार्फत नियमित अनुगमन गर्नुका साथै सुधारका लागि सामुहिक योजना बनाई लागू गर्नेछौं ।

८. सडकमा तथा खुल्ला रुपमा पशु चौपायाहरु छोडने छैनौ, पशु चौपाया सडकमा बाध्ने छैनौ, सडक अतिक्रमण गरि कुनै पनि सामाग्रीहरु राख्ने छैनौ र जहाँतहीं फोहोर फाल्ने छैनौ ।

९. प्रत्येक वडा तथा गाउँ वस्ती टोलमा निगरानी समुह गठन गरिने छ । खुल्ला स्थानमा दिसा गरेको पाईएमा त्यस्तो कार्य सामाजिक कसुर ठहर गरि वडा स्तरिय अनुगमन समिति र नगर स्तरिय अनुगमन समिति, प्रचलित कानुन बमोजिम, वडा कार्यालयको सिफारिस तथा नियमानुसार तोकिएको दण्ड जरिवाना समेत गरिनेछ ।

१० खुल्ला दिसामुक्त अभियान नगरस्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, वडा स्तरिय अनुगमन समिति, स्थानीय बिभिन्न समुह, बालक्लब, किशोरी क्लव, स्वास्थ्य स्वयंसेवीकाहरु, आमा समुह सहित ः ध्ब्क्ज् ऋऋ समिति संजाललाई निरन्तर रुपमा संचालन गर्ने छौ ।

११. सरसफाई अभियानलाई दिगो कायम गर्न शौचालय स्तर उन्नतीका लागी योजना सहित कृयाकलाप संचालन गरिने छ ।

१२. नगरस्तरिय निगरानी अनुगमन समुह परिचालन गरि नियमीत रुपमा पारिवारिक स्वास्थ्य व्यवहार र शौचालयहरुको समेत अनुगमन गर्नेछौ ।

१३. आजको मिति देखि बाहिर खुल्ला स्थानमा दिसा गरेको, नालामा दिसा गरेको वा सेप्टीट्याङ्कीको पाईप नालामा जोडेको पाइएमा पहिलो पटकमा रु.५००, दोस्रो पटकमा रु.१०००। जरिवाना असुल गरि नाम सार्वजनिक गर्ने र अटेर गरि पटक पटक यस्तो गरेको अवस्थामा रु.५०००। र जरिवाना गरि सामाजिक बहिस्कार गरि कानुनी कारवाहिका लागि पहल गरिने छ ।

प्रतिक्रिया

प्रतिक्रिया