एसइइ परीक्षाको नतिजा प्रकाशन भएको छ । २०७४ चैत्रमा सञ्चालन भएको एसइइको नजिक आज शनिबार साँझ प्रकाशन भएको हो ।
तल दिइएका लिंकबाट नतिजा थाहा पाउन सकिनेछ ।
एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको www.neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।
परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२ छन् । यस्तै ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।
एक्जाम्टेडतर्फ १६ हजार ५७२ परीक्षार्थी सहभागी थिए । उनीहरु मध्ये ए प्ले ग्रेडमा कोही पनि छैनन् भने ए मा २ जना र बी प्लसमा २१ परीक्षार्थी उत्तिर्ण भएका छन् ।











