ओमप्लाईले पायो आइएसओ

स्मृति देवकोटा
दैनिक नेपालगन्ज

नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुरमा सञ्चालित ओम प्लाई एण्ड फर्निचर प्रालिले अन्तराष्ट्रिय मानविकरण संस्था (आइएसओ) मान्यता प्राप्त गरेको छ । उद्योग सञ्चालक समितिका अध्यक्ष जगदिशप्रसाद शुक्लाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगका प्रबन्ध सञ्चालक पशुपतिदयाल मिश्रले आइएसओ प्राप्त गर्नु प्रा.लि.को उपलब्धी भएको बताए । प्रबन्ध सञ्चालक मिश्रले प्रा.लि.ले प्रत्यक्ष रुपमा २ सय र अप्रत्यक्ष रुपमा एक हजारलाई रोजगारी दिँदै जानकारी दिए । प्रा.लि. २०७१ चैत्रमा स्थापना भएको थियो ।

 
कार्यक्रममा बोल्दै सञ्चालक मिश्रले उद्योगप्रति सरकारी नीति स्पष्ट नभएकै कारण उद्योगहरुधन्दा फष्टाउन नसकेको धारणा राखे । ‘उद्योगधन्दा सञ्चालन हुनु मुलुकको आर्थिक मेरुदण्ड बलियो हुनु हो’, आर्थिक विकासका लागि सरकारले स्पष्ट औद्योगिक नीति बनाउनु पर्ने धारणा मिश्रको थियो ।

 
नेपालमा आइएसओका लागि काम गर्ने भूषाल ग्रुपका एमडी गिरिराज भूषालले कार्यक्रममा बोल्दै लगानीको सुरक्षा, कामदारको अवस्था र सुरक्षा तथा उद्योगका उत्पादनहरु भनिएजस्तो गुणस्तरयुक्त भएपछि प्रदान गरिने आइएसओ प्रमाणपत्र ओम प्लाईलाई पनि दिइएको बताए । ओम प्लाई एण्ड फर्निचर प्रालिको उत्पादन गुणस्तरको सम्मान आइएसओ मान्यता रहेको बताए । एमडी भुषालले भन्छन्, ‘यो प्रमाणपत्रले यस उद्योगलाई अझ राम्रो काम गर्ने प्रेरणा र जिम्मेवारी दुवै प्रदान गरेको छ ।’ आइएसओ मान्यता पाउनलाई सबै प्रक्रिया पूरा गरेपछि ओमलाई अन्तराष्ट्रिय मान्यता प्राप्त आइएसओ प्रमाणपत्र प्रदान गरिएको उनले जनकारी दिए ।

 
नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव अजयकुमार टण्डनले आइएसओ मान्यता पाएकोमा उद्योगलाई बधाई दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया