विश्व फुटबल : कुन जर्सी लगाँउ !

नरेन्द्रजंग पिटर

फुटबले भाइरल ज्वरोले सताउँदै छ । बजार गन्जीमय भएका छन् । सामाजिक संजालमा फुटुसेसन छाएको छ । मझ्यौला र तारे होटललाई महादशैं नै लागिसक्यो । ब्रान्डेड टीभी र मिडिया हौंसेका छन् । मदिरा रुस–टुर विज्ञापित मात्रै हैन टेबुल दबाव दिइरहेको छ । बजारको उर्दी छ– यो फुटवल मौसम हो, यसवेला अन्य बात मार्नु मुर्खता हो’ । एकाथरी तन्नेरीहरुलाई देख्दा देश… विदेशी दुश्मनसंग युद्ध मैदानमा छ झै लाग्छ । प्रतक्षयुद्धमा हारेपनि साना र कमजोर देशले शक्तिशाली मुलुकलाई खेलमा हराइदिन सक्छन् । आउनुस् म पनि जनयुद्धको मचानवाट फुटबले कथा कहन्छु ।
अर्जेन्टनी तरुणी ईभा पोरेनसंग १० जुलाई २०१० अर्थात् ८ वर्ष पहिला लामो च्याटसबांद भएको थियो । उनी चाको प्रान्तको रेसिस्टेन्सिअ सहरकी बासिन्दा हुन् । अन्यभन्दा दक्षिण अमेरिकी युवतीहरु फरासिला हुन्छन् । भाषा समस्या गुगल अनुवादले हल गरिदिएकै छ । आपूm अझै अर्जेन्टिना समर्थन भएको सुनाई । खेलका लय हुन्छन् नै । राम्रो खेलले मात्रै हैन भावनाले पनि सो नजदिकता हो । म्याराडोनाप्रतिको लगाव, सम्राज्यवाद विरोधी उन्को छवि, दुईटै पाखुरी.. एउटामा चेग्वेभारा र अर्कामा फिडेल क्यास्त्रोको ट्याटुले आफू प्रभावित हुँु । अरु नेपाली पनि अर्जेन्टिना भनेपछि हुरुक्कै हुन्छन् भन्दापनि ईभाले गोर्खाली प्रति गरेको घृणाले मलाई रन्थनायो । खेल्न नपाउनेलाई त यस्तो लाग्या छ भने खेल्ने देशबासीहरुले कसरी लिएका छन् होला ! परिपक्क उमेर, विवेकसम्मत भावना र देश र दुनियाँबारे नजरिया फेरिन होला भनेर ईभासंग पुरानै प्रसंग उठाएको थिएँ । आखिर दशकपछि पनि उनको साेंच भने टसमसाएनछ ।
ईभा अजेन्टिनी हुन्, साइमन अन्धराष्ट्रवादी स्कटिस, भिखारी यादव सिराहाका मजदुर । प्रशंग फुटवल भएपनि पात्रका रुपमा यिनैमा विषय केन्द्रित रहन्छ ।

 

म्यारोडोना, मेस्सीकी देशवाशी इभाः बेलायत भन्दा १४हजार किलोमिटर टाढा हाम्रो मुख्य भूभागसगै रहेको पश्चिमाले फाकलैण्ड र हामीहरुले इस्लास म्यानभिनास द्विपभन्ने २ हजार ३ सय ७१ जनसंख्या र १२ हजार १सय ७३ माइल क्षेत्रफलको द्विपलाई अग्रेजहरुले –२ अप्रिल १९८२मा बलजफती कब्जा गरे । घमासन युद्ध भयो । अमेरिका र अन्य शेषदुनियासगं हाम्रो कुनै वैरभाब थिएन्, नकी गोर्खालीसगं । योभन्दा पहिला हामीले गोर्खाली सुनेकै थिएनांै । जव उनीहरु इल्यास म्यान भिनासमा आए, बर्बरमानवझै मानिस छप्काउन थाले तवमात्र बेलायतले भाडाका हत्यारा राखेको छ भन्ने चाल पायौें । हाम्रो कुनै नेपालसँग दुश्मनी थिएन र छैन पनि । तर, तिमीहरुका नागरिकबाट हाम्रा नागरिक मारिए । म स्वयम टुहुरी भईं । मेरो राष्ट्रमाथि तिम्रो जातिको आक्रमणमा भयो । बुभ्mयौ… म टुहुरी मध्य कि एक हुँ । म कसरी तिमीलाई, नेपालीलाई, गोर्खालीलाई सम्मान गर्न सक्छु ! अर्जेन्टिनाको प्mयान भनेर पत्याउन सक्छु ! के तिमिहरु भाडामा अर्कादेशको लागि लड्दैनौ त ! हाम्रा चेले विश्वमुक्तिका गित गाउँदै विश्व नागरिक बन्दै क्यूवाको मुक्ति लडेको र बोलिभियामा मृत्यूवरण गरेको बिस्र्यौ ! तर, तिमीहरु शक्तिशालीका एसाल्ट बनेर हामी माथि झम्र्टौ … । तिमीहरु हत्यारा हौ, हत्यारा….
म्यारोडोना र चेको प्mयान म सँग कुनै जवाफ थिएन । युनियन ज्याक मेरो झण्डा थिएन । त्यसैले मेरो राष्ट्रियताको प्रतिनिधित्व गर्दैनथ्यो । तर, मेरा भाईबन्धु युनियन ज्याकलाई सलाम ठोक्दै अर्काको अस्मितामाथि धावा बोल्दै वीर गोर्खाली कहलिन्थे । १० वर्ष पहिला अर्जेण्टिनाले म्याच हा¥यो । म्यारोडोनाले चमत्कार देखाउन सकेनन्, अब मेस्सीले के कसो गर्लान् ..थाहा छैन । उनका नाममा धेरै नेपालीले लगाएका बाजी र जर्सी के हुने हो ? मलाई भने ठुलो चोट ईभाको च्याटसबांदले पु¥यायो । भनि, त्यो इतिहासमा लाग्दै गरेको मेरो जातीप्रतिको दाग हो ।
हिजोमात्रै साइमनसँग नेपालवारे, ईभाका भनाइबारे, भिखारी र विश्व पुूmटवलबारे लामो कुराकानी भए । साइमन –उपनिवेशकाल पछाडि बेलायतको सम्राज्यवादी नीतिको इभाको विरोध जायजमात्रै हैन आवश्यक पनि हो । जहाँसम्म गोरखालीको प्रश्न छ बेलायतमै बहादुरीताको प्रशंसा र योगदानको कदर गर्ने ठुलो संख्या छ । तर.. मात्र पैशाका लागि लड्ने जाति भनेर सोच्ने पनि कम छैनन् । मेरो सोचमा त शासक जातिले आप्mना बिरोध गर्नसक्ने जनजातीलाई पैसामै लड्न उत्पे्ररित गरेर आफु निर्वाध शासक हुन सकिन्छ, अझ शक्तिशालीको आशिर्वाद पनि पाइरहन्छ भन्ने मानसिकताले गोर्खा रेजिमेण्टको सुरु भएको हुनसक्छ । सम्राज्यवादको अहिलेको र पहिलाको रुप फरक छन् । अहिले त भ्mन को, कस्को लागि, कसरी लडेको छ कस्को उपयोग को, कसरी भएको छ भन्नै सकिंदैन, अब खुकुरी र बहादुरी शब्द एकै रहेनन् ।
आज भिखारीलाई ज्यादै चढ्यो, मात्तिएको छ । फुटवल बात मार्न थाल्यो । भिखारीलाई भनि, म तिम्रा, म्यरोडना, मेस्सी, ईभा र विश्वकपबारे कथा लेख्छु । मैथली मिस्कट टुटेफुटेको शब्द लडखडाउदै भन्यो, आहा ! तँ पत्रकार छैन् ! हामीहरुको के कथा भैलिन्छ । लेखिलेउ ठुला मान्छेका कथा, फुटवालवाका कथा । के छै, हम्नीका कथामा । मजुर न हो, मजुर । देशी मजुर । परदेश कमाउन आइलिएको छु । कमाउछु, साँझ थकित भइलिन्छ । केही पिई लिन्छु त कस्को बापको कमाई खाई लिन्छु र आहाँ लेखु, भिखारी खुव पिईलिन्छ र राजनीति बड्बडउँछ । यो करेज जलिरहेको दिलको बात लेख्न सक्छ ! तपाईले लेखेर दुनियाँमा के भईलिन्छ.? हँ । के भिखारी हजारीमल हुँदैछ ! महाजन, मुखिया भैलिन्छ के !
अन्य मजदुरलाई भने त्यसको कुनै चासो छैन् । दिनभरीको थकान साँझ मेटिरहेका छन् । कुराकाकुरा जतिपनि छन् । कहिले राजनीति, कहिले कहिले जातपात, देशी, पहाडिया, फोरम, एमाले, काँग्रेस र माओवादी सबैको जनमपत्री खोल्छन् । भट्टीमा के छैन, पाहाड छ, मधेश छ, देश छ, बिदेश छ । साहित्य, संस्कृति र आन्दोलन समग्रमा राजनीति छ । गरिखानेको दिनको थकानलाई कोही कोदोको रससँगै, कोही निगार थप्दै दिलदिमागका बात उरालिरहेका छन् । बजार भाउ बढयो, सवै जोगी कानै चिरिएका भन्दै नेता पार्टीलाई सराप्छन् । जिन्दगी महँगो र काल सस्तो भएको भन्छन् । रौसेका बेला कुरा कहाँकहाँबाट आउँछ । विषय सिलसिलेवार छैन, न त केन्द्रित नै । जस्ले जे जान्दछ र बोल्न मन लाग्छ ऊ स्वतन्त्र छ । यो मधुशाला आखिर एकप्रकारको हाइडल पार्क हो । साँच्चै भूईमान्छे कोदाको रसमा झूमेर आफु बाँचेंको यूगको मर्म कहन्छन् । आप्mनै ससांरमा रमेको छ, विजुलीपानीघाटको मजदुर पंक्ति ।

 
हो…सधैभन्दा भिखारी आज हौंसेंको छ, या त खुशीले, या दुःखमा । कोदो खुब तन्काइरहेछ । ठेकदार राम प्रकाश र पण्डित सियाराम उस्का कुरा रोक्न सक्दैनन् । ऊ दार्शनिक र राजनीतिज्ञ भएर कडाकडा बात मारिरहेछ ..आज । राजमिस्त्री फेरन भिखारीलाई डाँट्दै भन्छ, आँहा यहसब राजनीति वाजनीति बात ना करुँ । कवीरको दोहा फतफताउदै भन्छ, ‘भूखापेट न होय भजन गोपाला, ले ..ले अपनी कण्ठी माला ।’ कमाउ, खाउ, पिउ । वचलखुचल और अपन घर भेजु बस् । आज नन्कौ र अलि हुसेन पनि एउटै थालमा पाग्रां र खुटको सितनमा कोदो घुट्काई रहेछन् । हलाल होकी झटका गोस होस् ! हुसेनलाई कुनै मतलव छैन् । नन्कौलाई पनि ‘मिलिक्ष्य’सँग एउटै थालीमा खान कुनै अचरच छैन । तर, सियाराम भने जातीपातीको कुरा उठाउन चुक्दैन । भिखारी भन्छ, मजुरका का जात !, का धरम !. का फुटबलवा…सब केहुका एकही रागरोग एक ही पीडा । आहाँ बुझै छी । तव, लरखराउदै सियाराम आप्mनो बाटो नाप्छ ।
काठमाडौंको भिमसेनगोला मजदुरमण्डी मध्यको एक हो । बिहानै यहाँ मजदुर किनबेचको बजार लाग्छ । जातजाती, भाषा, क्षेत्रको कुनै अर्थ रहँदैन । मजदुरजातीको यस बजारमा ठेकदार दिनभरीको लागि मान्छे किन्न आइपुग्छन् ।

 

मजदुरहरु खरिदारको बाटो कुरिरहेका हुन्छन् । सधैंझै साँझ मजदुर खाजा पसलमा आज पनि भिखारी यादवको महिफल जमेको छ । सबै आप्mनै रगंमा रमेका, जमेका छन् । यहाँ रेडियु, र ठिटौलीले लगाएका जर्सी र पत्रिकाका कुनै अर्थ छैन । चाहे त्यो दरभगांबाट आएको नन्कौलाई होस् या त सितामणीबाट आएको पण्डित सियारामलाई । अलि हुसेन र भिखारी मिथिलाञ्चलका हुन् । भिखारी म्याटिक पास छ पढे लेखेको मान्छे । रामेछापका सिकर्मी नैन सिह परियार हुन् या इलामका बोरिङ मास्टर सोहन सुब्बा । सबैको जमघट दुःखसुख र सपना साटासाटको थलो बनेको छ, मजदुर खाजापसल । एकैपटक म्यानपावरलाई रकम बुझाउन नसकेर काठमाडांै रहनु परेकोमा सबैले पहिला त दुःख मानेका तर अव मेहनतीलाई विदेश जान पर्दैन् पाखुरी बजारेपछि यहीँ कमाउन सकिन्छ भन्ने विश्वास छ । भिखारी भन्छ, क्या बात कहिछी फुटबलवा… हामीले पनि खुब खेल्यो… जव नन्की रहे न, अभि ओ मेस्सी ओ नोमारका पानी पियाउन सक्छु…।
ईभाले विश्वकपमा अर्जेण्टिनाको सर्मथनलाई फकल्याडसँग जोडेर सोच्न बाध्य पारिन् भने भिखारीले मान्छेका कथा ब्यथा पेश गरे । उनले अझ अन्तर्राष्ट्रियबाद र जातिय घेरामाथि उठेर सोंच्न प्रेरित गरे । उत्पिडनकारी देशका नागरिकको पनि आप्mनै शासक प्रतिको घृणा र अन्तर्राष्ट्रिय दायित्वबारे अत्यन्तै सजग साइमन थिए । इभा, साइमन, भिखारी र मेरो जाति समकालीन वैश्विक समाज हो… । अब भने म सोच्दैछु, कस्को जर्सी लगाएर हुर्रै भनौंै ! कि मौन बसेर मुर्ख लामबन्दीमा लागौं !

प्रतिक्रिया

प्रतिक्रिया