आजबाट विश्वकप (हेर्नुस् नेपाली समय अनुसार खेल तालिका)

फुटबलको महामेला विश्वकप २०१८ आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । आज मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा प्रतियोगिताको उद्घाटन खेल आयोजक रसिया र साउदी अरेबिया बीच हुँदैछ । रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ औँ स्थानमा छ ।
विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता जनाउँदैछन्। एक महिनासम्म चल्ने विश्वकप फुटबलमा ६४ खेल हुनेछन् । रसियाले ११ सहरका १२ वटा मैदानलाई विश्वकप फुटबलका लागि तयार गरिसकेको छ । विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेताले २८ मिलिनय डलर पाउनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया