होटल सेन्टर प्लाजालाई अन्तर्राष्ट्रिय मान्यता

लगानी थप्दै ५५ करोड पुर्याइयो

समाचारदाता
दैनिक नेपालगन्ज

कोहलपुर–४ किरणनाला छेउमा पाँच तारे मापदण्ड सहित सञ्चालित होटल सेन्ट्रल प्लाजाले अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको छ ।

होटलका प्रबन्ध निर्देशक देवानन्द अर्यालका अनुसार, होटल सेन्ट्रर प्लाजाले अन्तर्राष्ट्रिय स्तरको मान्यता ‘आइएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो । ‘यससँगै होटल सेन्टर प्लाजा अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गुणस्तरीय होटलमा दरिएको छ’, प्रबन्ध निर्देशक अर्यालले उत्साहित हुँदै भने, ‘स्थानीय स्तरबाट उपलब्ध श्रमिकलाई प्रोत्साहित गर्दै प्रशिक्षण र उनीहरुको स्तरवृद्धिबाट स्तरीय सेवा प्रदान गर्दै अगाडि बढेका छौं ।’
गत बैशाखबाट पूर्ण रुपमा सञ्चालनमा आएको ८० कोठाको सुविधा सम्पन्न सेन्ट्रल प्लाजाले ८० प्रतिशत रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइएको जनाएको छ । ‘त्यसमा पनि ६० प्रतिशत स्थानीय महिलालाई रोजगारीको सुनिश्चितता गरिएको छ’, अर्यालले भने, ‘गत मंसिरबाट सेवा सुरु गरेर बैशाख २५ गतेबाट पूर्ण रुपमा ५ तारे स्तरको सम्पूर्ण सुविधा उपलब्ध गराइँदै आएको छ ।’
‘क्लालिटि फुड र चुस्त सेवा नै आइएसओ पाउनुको प्रमुख कारण हो’, प्रबन्ध निर्देशक अर्यालले दैनिक नेपालगन्जसँग भने, ‘यसले हामीलाई अझ उत्साहित बनाएको छ ।’ कोहलपुर बजारमा ९ बर्षदेखि स्तरीय होटल सञ्चालन गरिरहेका अर्यालले मंसिर यता वडा नं. ४ किरणनाला छेउमा २२ कठ्ठा क्षेत्रफलमा अत्याधुनिक भवनमा सेवा सुचारु गरेका हुन् । सेवाको स्तरवृद्धिमा कुनै कसर बाँकी नराखिने अर्यालको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया