बैदेशिक रोजगारको रकम गाउँकै बैकबाट बुझ्न पाउदा राप्तीपारी नरैनापुरबासी दंग
कृष्ण अधिकारी
नेपालगन्ज
बाँकेको अति दुर्गम सरह रहेको राप्तीपारि बघौडा क्षेत्रमा नेपाली रुपिया सहजै चल्न थालेको छ । गाउँमै नेपाली बैंक स्थापना भएपछि सहजै नेपाली रुपिया चल्न थालहेको हो । बैदेशिक रोजागारका क्रममा खाडी मुलुक पुगेका आफन्तहरुले पठाएको रकम गाउँ कै बैंकबाट सहज पाउन थाले पछि बाकेको नरैनापुरका बासिन्दा दंग परेका छन् । सनराइज बैंकले नरैनापुरमा शाखा स्थापना गरेर रेमिटान्स सेवा सुरु गरे पछि स्थानीय बासिन्दाहरुले धमाधम बैकमा खाता खोल्न थालेका छन् ।
बिदेशबाट रेमिटान्स मार्फत पठाएको रकम सिधै आफ्नो बैंक खातामा जम्मा हुन थाले पछि स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन् । बिदेशमा रहेका छोराहरुले पठाएको पैसा गाउँकै बंैक मार्फत बुझ्न पाउदा स्थानीय स्थानीय जनन्तुल पठानी निक्कै खुसी देखिन्थिन । उनले चाहिएको जत्ति मात्रै झिक्ने र बाँकी बैंकमै जम्मा गरेको बताइन् ।
गाउँमा बंैक नहँुदा बैदेशिक रोजगारमा खाडी मुलुक पुगेका आफन्तहरुले पठाएको रकम बुझ्नका नरैनापुरका बासिन्दालाई निक्कै समस्या थियो । बिदेशबाट आएको रकम बुझ्नका लागि नेपालगन्ज या भारतीय सीमावर्ती क्षेत्रमा जानु पर्ने बाध्यता थियो ।
नेपालगन्जबाट पैसा बुझेर घर फर्कंदा बाटैमा चोरी हुने र हराउने डर हुन्थ्यो । घरमा पैसा राख्दा गर्मीको मौसममा आगलागी र बर्षात्का डुबानबाट जोगाउनै मुस्किल पथ्र्यो । गत माघमा बंैकको शाखा खुले पछि नरैनापुरका करिब १ हजार २ सय जनाले बैंक खाता खोलेका छन । पछिल्ला दिनहरुमा दैनिक ६/७ जना स्थानीय बासिन्दाहरुले रेमिटान्स मार्फत बिदेशबाट आएको रकम बुझ्ने गरेको बैकका शाखा प्रबन्धक खडक देवकोटाले बताए । गाउँमा बैक संचालन भए पछि बिदेशबाट आएको रकम बुझ्न र सुरक्षित रुपमा राख्न धेरै सहज भएको नरैनापुर गाउपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताए ।
गाउँमा बैक नहँुदा नरैनापुरमा नेपाली रुपैया भन्दा भारतीय रुपैया बढी चलन चल्तीमा छ । गाउमा हुने अधिकाश कारोबारमा भारतिय रुपैया मै हुने गरेको थियो । बघौडा क्षेत्रको नामले चिनिने नरैनापुर बाके जिल्लाको दक्षिणपुर्बी क्षेत्रमा पर्ने भारतसंग सीमा जोडिएको निक्कै बिकट क्षेत्र हो । नरैनापुर गाउँपालिकामा साविकका गंगापुर, मटेहिया, नरैनापुर, कालाफाटा, लक्ष्मणपुर र कटकुइया गाबिस पर्छन ।
नेपालगन्जबाट करिब ३५ किलोमिटरको दुरीमा पर्ने नरैनापुर गाउपालिकाको कार्यालय सम्म अझै पनि सार्बजनिक यातायातको भरपर्दाे सुबिधा पुग्न सकेको छैन । पोल गाडिएको २० बर्ष पुग्न थाले पनि गाउमा बिजुली बत्तीको सुबिधा पुगेको छैन । टेलिफोन पनि भरपर्दाे छैन । घाम नलागेको दिनमा टेलिफोनको नेटबर्क नहुने समस्या भने अझै कायमै छ ।
नरैनापुरका करिब ४० हजार जनता मध्ये ९० प्रतिशत भन्दा बढीको किनमेल, औषधी उपचार र बिहेबारी सीमापारी भारतीय बजारमा हुन्छ । बिदेशबाट भारतमा रहेका आफन्तहरुको नाममा पठाएको पैसा पनि आफन्तहरुले भारतीय बैक मै निकालेर परिबारका सदस्यहरुलाई दिने गरेका कारण पनि नरैनापुर गाउमा भारतीय रुपैयाको चलाउनु पर्ने बाध्यता थियो ।
मुलुक संघीयतामा गए संगै हरेक स्थानीय तहमा कम्तिमा एउटा बैंक पुर्याउने नेपाल सरकारको नीति अनुसार नरैनापुरमा सनराइज बैंक पुगेको हो । नेपाल सरकारले गाउँपालिकाको बिकास निर्माण तथा गाउँपालिका अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीहरुको तलब भत्ता पनि गाउँपालिका मै खुलेको बैकमा पठाइ दिने सुरु गरे पछि नरैनापुरमा नेपाली रुपैयाको कारोबार बढ्ने अध्यक्ष शाहको विश्वास छ । बैक खुलेसंगै विदेशबाट आएको पैसा झिक्न, बचत गर्न, ऋण लिन स्थानीयलाई धेरै सहज हुने र नरैनापुरका जनतालाई पैसा राख्न र झिक्न स्मिापारी भारतका शहरमा जानु पर्ने बाध्यता समेत हट्ेको छ ।