बुद्ध एयर प्रा.लि.ले आगामी ६ महिना भित्रै नेपालगन्ज–दिल्ली उडानका लागि तयारी गरिरहेको जानकारी दिएको छ । सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलन गरी बुद्धले दिल्ली उडानको तयारीबारे जानकारी गराएको हो ।
यससँगै नेपालगन्जदेखि निकै लामो पखाई पछि नेपालगन्जबाट भारतको दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना बढेको छ । नेपालगन्ज विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नती गरेर छिमेकी मुलुकमा उडानको व्यवस्था गर्ने विषयलाई सरकारले आगामी बजेटमा समावेश गरेपछि आगामी बर्ष भारत उडान सुनिश्चित नै देखिन्छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै बुद्ध एयरका प्रतिनिधिले ६ महिनाभित्र नेपालगन्जदेखि दिल्ली सिधा उडान भर्ने घोषणा गर®ेका हुन् । त्यसका लागि नागरिक उड्डयन प्राधिकरणमा औपचारिक प्रक्रियामा जान लागिएको पत्रकार सम्मेलनमा बताइएको थियो ।
बुद्धले बैशाख १ गतेदेखि नै नेपालगन्जबाट दिल्लीका लागि उडान भर्ने योजनाका साथ लामो समयदेखि पहल र प्रयास गर्दै आएको थियो । तर, अन्तर्ष्ट्रिय उडानका लागि रुट नपाएपछि नेपालगन्ज विमानस्थलबाट दिल्ली उडान भर्ने योजनामा ढिलाई हुँदै आएको छ । खासगरि मानसरोवर तिर्थ यात्राका लागि पछिल्ला बर्षहरूमा नेपालगन्ज ट्रान्जिट प्वाइन्टका रूपमा विकास भएपछि भारतीय यात्रुहरूलाई मध्यनजर बुद्धले नेपालगन्ज–दिल्लीको उडानलाई प्राथमिकतामा पहल गर्दै आएको हो ।
बुद्ध एयरले भारतको ऐतिहासिक तथा धार्मिक नागरिक बा®ाणसीमा साताको दुई उडान गर्ने भएको छ । बुद्ध एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु र तीर्थालुलाई छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध ग®ाउने जनाएको छ ।