राज्यलाई कर नतिर्ने उद्घोष !

नेपालगन्ज उद्योग वाणिज्य संघले सम्बद्ध व्यवसायीहरुलाई नेपालगन्ज उपमहानगरपालिकामा कर नतिर्न अपिल गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय लिंदै आएको व्यवसायिक करको सम्बन्धमा व्यवसायीहरुबाट गुनासो आइरहेको भन्दै संघको कार्यसमितिले व्यवसायीहरुलाई कर नतिर्न र नविकरण पनि नगराउन अपिल गरेको हो ।

संघले एक विज्ञप्ति जारी गरी अर्को निर्णय नहुँदासम्मका लागि कर र नविकरण दस्तुर उपमहानगरपालिकालाई नतिर्न व्यवसायीहरुलाई अपिल गरेको हो । संघले यसअघि करका सम्बन्धमा व्यवसायीको कुनै गुनासो सार्वजनिक भने गरेको थिएन ।

प्रतिक्रिया

प्रतिक्रिया