बाँकेलाई उपराष्ट्रपति कप

केन्द्रीय प्रतियोगिताका लागि ५१ सदस्यीय टोली काठमाडौं प्रस्थान

समाचारदाता
दैनिक नेपालगन्ज

नेपालगन्जमा आयोजित प्रदेश ५ स्तरीय प्रथम उपराष्ट्रपति चिल्डे«न गेम्स २०७५ को उपाधी बाँके जिल्लाले हात पारेको छ । मंगलबार सकिएको प्रतियोगितामा बाँकेले सबैभन्दा बढी पदक हात पार्दै उपाधीमाथि कब्जा जमाएको हो ।
प्रतियोगितामा विजयी खेलाडीहरुले काठमाडांैमा आगामी बिहिबार र शुक्रबार आयोजना हुने केन्द्रीय उपराष्ट्रपति चिल्ड्रन गेम्समा सहभागी हुनेछन् । त्यसका लागि प्रदेश ५ बाट बिक्रमजंग थापाको नेतृत्वमा ५१ सदस्यीय टोली मंगलबार नै काठमाडौं प्रस्थान गरेको छ ।

 

प्रदेश स्तरीय प्रतियोगितामा उपाधी हात पर्दा बाँकेले १० स्वर्ण, ५ रजत र ६ काँस्य पदक जितेको छ । त्यस्तै, रोल्पा दोस्रो भएको छ । रोल्पाले ५ स्वर्ण, १ रजत र २ काँस्य पदक हासिल गर्यो । दाङ ४ स्वर्ण, ४ रजत र ५ काँस्य पदक प्राप्त गरी तेस्रो भयो ।

 

बाँकेले उसु खेलमा ६ स्वर्ण, तेक्वान्दोमा ३ स्वर्ण र २ रजत १ काँस्य, कराँतेमा ३ काँस्य, एथ्लेटिक्समा १ स्वर्ण, २ रजत २ काँस्य प्राप्त गर्न सफल भयो । दोस्रो हुने रोल्पाले तेक्वान्दोमा १ स्वर्ण १ रजत १ काँस्य कराँतेमा ४ स्वर्ण १ काँस्य प्राप्त गर्यो । त्यसैगरि तेस्रो हुने दाङले एथ्लेटिक्समा ३ स्वर्ण र रजत तेक्वान्दोमा १ स्वर्ण २ रजत ३ काँस्य र करातेमा २ काँस्य पदक प्राप्त गर्यो । विजयी खेलाडीहरुलाई प्रदेश सभासदस्य बावुराम गौतम, क्षेत्रीय अध्यक्ष भिम ओली र क्षेत्रीय निर्देशक जयन्त शर्मा लगायतले पुरस्कार प्रमाणपत्र तथा शिल्ड वितरण गरेका थिए ।

 

सोमबारदेखि सुरु भएको प्रतियोगितामा १४ वर्ष मुनिका कक्षा ६,७ र ८ छात्र, छात्राहरुले उसु, कराँते, तेक्वान्दो र एथ्लेटिक्सका विभिन्न इभेन्टहरुमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया