कृष्ण अधिकारी
बाँकेका होटेल ब्यबसायीहरुले पश्चिम नेपालको पर्यटन ब्यबसाय प्रवद्र्धनका लागि बिशेष योजना माग गरेका छन् ।
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेललाई शनिबार नेपालगन्जमा भेटघाट गरेका व्यवसायीहरुको टोलीले नेपालगन्ज लगायत पश्चिम नेपालको पर्यटन ब्यबसाय प्रवद्र्धनका लागि विशेष कार्यक्रमको घोषणा गर्न आग्रह गरेका हुन् ।
होटेल अर्गनाइजेशन नेपाल (हान) हरिजनल च्याप्टर नेपालगन्जका अध्यक्ष अतिस समशेर राणा लगायतका ब्यबसायीहरुले मुख्य मन्त्री पोखरेललाई ८ बँुदे ज्ञापन पत्र बुझाएका हुन् ।
मुलुक संघीय संरचनामा गए संगै भएको प्रादेशिक विभाजनका कारण मध्य तथा सुदुर पश्चिमको प्रमुख औद्यौगिक तथा ब्यापारिक सहर नेपालगन्जको ब्यापार ब्यबसायको अबस्था दिनानु दिन खस्किदै गइ रहेको बताउदै मुख्य मन्त्रीको पोखरेलको ध्यानकर्षण गराएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक एवं नेपालगन्ज च्याप्टरका सदस्य केशब न्यौपानेले बताए ।
५ नम्बर प्रदेशको प्रादेशिक राजधानी बुटबल तथा ६ नम्बर प्रदेशको प्रादेशिक राजधानी सुर्खेतको बिरेन्द्र नगर कायम भए संगै नेपालगन्जका हँुदै आएका सरकारी निकायका गतिबिधि मात्रै नभएर संघ संस्था तथा ब्यापारिक गतिविधि पनि क्रमशः घट्दै गइरहेका कारण होटेलहरुको अवस्था धराशयी हुने जोखिम बढेको बताएका छन् ।
ब्यबसायीले उठाएका मागहरु प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मुख्य मन्त्री पोखरलेले नेपालगन्ज लगायत पश्चिम नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
ब्यबसायीहरुले मुख्य मन्त्रीलाई पेश गरेको ज्ञापन पेश गरेका मागहरु
१) नेपालमै सबैभन्दा कम लागतमा क्षेत्रिय बिमान स्थललाई अन्तराट्रिय बिमानस्थलमा स्तर उन्नति गर्न सकिने एक मात्र बिमान स्थल नेपालगंज विमान स्थललाइ अन्तराट्रिय बिमानस्थल बनाउने निर्णय गरीयोस ।
२) बाँकेको नौबस्ता अबस्थित ११ सय बिघा सरकारी खाली जमिनलाई औधोगिक क्षेत्रको रुपमा बिकसीत गरीयोस ।
३) २०७५ देखि २०८० सम्म ५ बर्षको समयलाई प्रदेश नं. ५ लाई औधोगिक लगानि बर्ष घोषणा गरीयोस । उधोगलाई सहुलित हुने किसिमका आवश्यक निति नियम निर्माण गरीयोस ।
४) कैलाश मान सरोबर र रारा तालको गेट बे को रुपमा नेपालगन्ज बिकसित हुदै गएकाले कैलाश मान सरोबर जाने पर्यटकहरुको सुबिधाका लागि प्रदेश सरकारबाट बिशेष ध्यान दिइयोस ।
५) नेपाल सरकारबाट बोडरदेखी करीब ५ कि.मि सम्म क्यासिनो संचालन नगर्ने निर्णयलाई पुनः संसोधनका लागि विशेष ध्यान दिइयोस ।
६) मान सरोबर जाने तिर्थयात्रीहरुहरुलाई बोडरमा हुने झन्झटलाई सहजको लागी पहल गरीदिइयोस ।
७) निर्माण कार्य सुरु भए पनि लामो समय देखि अलत्र अबस्थामा रहेको एकीकृत भन्सार चेक पोष्ट ( आइसीपी ) निर्माणको कामलाई दु्रत गतिमा अगाडि बढाई सुख्खा बन्दरगाहा निर्माणको ब्यबस्था मिलाइयोस ।
८) भारतले सीमाक्षेत्र रुपैडियादेखि लखनाउसम्मको सडक चार लेनमा स्तरोन्नति भई सकेको , भारतका ठूला सहरसग सम्पर्कका लागि नेपालगन्जको सीमासम्म ब्रोडगेज रेल मार्ग बिस्तार भई सकेका कारण भारतको विशाखापट्टनम बन्दरगाहबाट पीशचम नेपालका लागि आयात हुने सामाग्रीहरु सिधै नेपालगन्ज नाकामा ल्याउनका लागि आबश्यक ब्यबस्था मिलाइयोस ।
(स्मरण रहोस विशाखापट्टनमबाट रेलमा वीरगन्ज र नेपालगन्ज आउन करिब बराबरी समय लाग्छ ।)