नरेन्द्रजंग पिटर
मान्छेबाट मानव बनिसकेको र ब्यक्तिबाट ब्यक्तित्व बनिसकेको एउटा भिन्न चित्र र चरित्रकोबारे लेख्नु÷बोल्नु आफैँमा चुनौती हो । पूmलको वास्ना डाँडावारी मान्छेको वास्ना डाँडापारी । त्यस्तै शिक्षाका नायक मध्य एक नेपालगन्जको ब्यक्तित्व हो – समयसंगै बिस्मृतका गर्भतर्फ धकेलिनु भएका रूद्रपति लालकर्ण । उहाँ नेपालगन्जका एउटा अमुल्य गहना हो, जस्को सम्मान गरेर सम्मान गर्ने संस्था मध्यपश्चिमान्चल स्रष्टा समाज आफँै पनि सम्मानित हुने गौरवता पायो ।
कुनैसमय नेपालगन्ज मध्य तथा सुदुरपश्चिम क्षेत्रको राजनीति, ब्यापार, शिक्षा, शासनको केन्द्रनै थियो । अन्य हैसियत खस्कँदै गएपनि शैक्षिक हब भने अझै कायमै छ । यहाँको आधुनिक शिक्षाबारे चर्चागर्दा नारायण शिक्षा प्रसार अभियान, योगेश्वर मिश्र, डीबी सिंह, श्यामलाल पांडे र कृष्णगोपाल टण्डन अझ आदि । यसक्षेत्रकै शिक्षा महारथी मंगलप्रसाद माडसाब र महादानी अवतारदेई चौधराइन, भगवानदिन चौबे अर्थात मन्ना बाबा र सत्तार सेठबारे नबोले नेपालगन्जको शैक्षिक इतिहास अपुरो हुन्छ । लेखलाई आरपी कर्ण माथी नै केन्द्रित गरौं ।
पिताश्री चन्द्रपति लालकर्ण र माताश्री गिरजावतीका सन्ततीका रूपमा विसं १९९२ मा जन्मनुभएका रूद्रपति लालकर्णको पुर्खौली थलो बारा, कलैया हो । उनको जन्म भने नेपालगन्जमा भयो । उनका पिताश्री पटवारी थिए । प्रारम्भिक शिक्षा मंगल माडसाबको शिष्यका रुपमा भयो । उच्चशिक्षा भारत, लखनउको लखनउ विश्वबिद्यालयबाट बिए र आगराबाट अंग्रेजीमा र राजनीतिशास्त्रमा एमएका साथै बिएड रह्यो । अध्ययन पश्चात सन १९५५÷५६ नेपालगन्ज फेर्केपछि नारायण माध्यामिक बिद्यालयमा अध्यापन थालनी गरे । नारायण शिक्षा प्रसार योजना भारतीय राष्ट्रिय स्वयम सेवक संघ संग (आरएसएस) आबद्धता थियो । डिबी सिंह त्यसका अगुवा थिए । शिक्षाको मूल उद्देश्यमा डिबी सिंह र श्यामलाल पाण्डेसंग उनको मतान्तर भएपछि भने महेन्द्र नाइट कलेजको स्थापना गरेर गुरु मंगल प्रसादको पदचिन्ह पछ्याए । कालान्तरमा महेन्द्र माविको रुपमा २०१६ मा सुरु भएर मोर्डन शिक्षा, विज्ञान संकायको अध्यापन गराउँदै कालान्तरमा जिल्ला मात्र नभै मध्यपश्चिमान्जलकै गौरव बन्न पुग्यो । महेन्द्र मावि कै संस्थापकदेखि आप्mनो शैक्षिक सकृयताको पछिल्लोकालसम्म अर्थात .२०५८ सम्म कर्णले सो विद्यालयलाई कार्यकारी नेतृत्व प्रदान गरे ।
कुनैपनि ब्यक्तिको ब्यक्तित्वको मापन उस्को जीवन–दृष्टिकोण, सोही अनुसारको जीवनपद्दती, त्यसले तय गरेको गोलप्रतिको निरन्तरता, लक्ष प्राप्तीका लागी लागि पर्ने तत्परता, लक्षका सामुन्ने निजी विषयलाई के कस्तो महत्व दिन्छ र तत्कालीन चुनौति सामना गर्ने उस्ले अंगालेको नीति, विधि र कलालाई ध्यान दिनु पर्छ । त्यसले समाजलाई पार्ने प्रभाव के, कस्तो हुन्छ भन्ने कुराले महत्व राख्छ । नेपालगन्जको शैक्षिक इतिहास र अभ्यास नियाल्दा र आरपी कर्णको ब्यक्तित्व अध्ययन गर्न तत्कालीन नारायण शिक्षा प्रसार योजना, मंगल मावि र महेन्द्र मावि र कृष्ण गोपाल टण्डनको आपसी सम्बन्ध र प्रतिस्पर्धा, शिक्षा र बिद्याप्रतिको दृष्टिकोण नियाल्न आवश्यक हुन्छ ।
समग्रमा आरपी कर्णको सम्मानगर्दा समाजले पाउने शिक्षा र सन्देश भनेको आपूm अग्लो भएपछि अर्कालाई होच्याउनै पर्दैन, उ स्वयम् पुड्को बनिहाल्छ । लक्षप्रति दृढ रहु, समग्र टिमलाई एकताबद्ध र उत्साहित र प्रोत्साहित बनाई रहँु । सार्वजनिक विषयलाई केन्द्रमा राख, निजी विषयलाई तपसिलमा …तब सफलता तिम्रो पाइताला चुम्न स्वयम आईपुग्छ भन्ने हो । इतिहास न लेखिन्छ न लेखाइन्छ नै । नायक वा खलनायकले गरेका सुकर्म वा कुकर्मका कृति इतिहासकार लेख्न बिवश हुन्छन् ।
किन नेपालगन्जबासीले आरपी कर्णलाई अभिनन्दन गर्नुपर्छ त ?
१) उहाँ शिक्षक, दाता वा शिक्षाप्रेमीमात्रै नभै शैक्षिक अभियन्ता पनि भएर । जागिरे मात्रै नभै मन, वचन् कर्मण आधुनिक समाजको आवश्यकता हल गर्नसक्ने शैक्षिक जनशक्ति तयार गर्नेे बिद्यादाता पनि भएकाले । आधुनिक शिक्षा र बिद्याको विश्वव्यापी महत्व बुझेकाले । बौद्धिक, जागरुक भएको र सोंचलाई कर्ममा उतार्ने कर्ता भएकाले ।
२) आज शिक्षा ब्यापार बनिरहेको र शिक्षकहरु तलबी मात्र हुँदै शिक्षाउद्यमी पनि बनिरहेको समयमा उहाँ तलबी शिक्षक मात्र कहिल्यै हुनु भएन । स्वयम्ले १० बिघा जमिन स्कूललाई दान गर्नु भयो । थप ३ बिघा जमिनको ब्यवस्थापन पनि गर्नुभयो । ३) दान र अभियानलाई निजी हितमा कहिल्यै प्रयोग नगरेकाले ।
४) संस्थाको हित पु¥याउन जेजस्तो भूमिका आवस्यकता परेमा खेल्न सक्ने, ब्यक्ति, संस्था वा राज्यसत्तालाई समेत कलामय तरिकाले सस्थाको हितमा प्रयोग गर्न सक्ने ब्यक्तित्व भएकाले ।
५)शिक्षा, दिक्षा र विद्याको रुप र गुणको मर्मज्ञ । शिक्षा ब्यबसाय नभएर बिद्यादानको पवित्रता सोंच्दै सोही मान्यताको जीवनभर अनुयायी बनेकोले ।
६) बिद्याको द्वार खुलेपछि स्वयं चेतना, विवेक र संवेदनाका ढोका क्रमश् खुल्दै जान्छन् तब एउटा असल मानव बनेर आप्mनो सद्मार्ग स्वयमले रोज्न सक्छ भन्ने मान्यता राख्नु हुँने आरपी कर्ण कसैलाई पनि धार्मिक र राजनीतिक दिशानिर्देश नगरी स्वयं आफ्नो गन्तब्य आफैँं छान्ने हैसियतको मानव गरिमाको निर्माता बनाउने बिद्याकर्मी । यो नै उहाँको आरएसएससंगको मतान्तर हो भने कुनै पनि राजनीतिक संघ संगठनका भातृसंगठनको सदस्य नहुनाका कारण पनि । जबकी उनी स्पष्ट प्रजातान्त्रिक चिन्तनधारामा बिश्वास राख्छन् । उनको मान्यतामा शैक्षिक संस्था बिद्यादानको पवित्र थलो मात्र हो । यसलाई धर्म, राजनीति र जातिय आवेग एवं उत्तेजनाको संस्थागत–कारखाना बन्न दिनुहुँदैन भन्ने मान्यता राख्ने र कार्यान्वनकै पहलकर्ता हुनुहुन्छ आरपी सर ।
७) कुशल संगठक र ब्यबस्थापकः आफुलाई प्रचार वा सुविधाको केन्द्रमा नराखी संस्थालाई प्रमुखता, सहकर्मीहरुको उच्च विश्वास र सम्मान लिन सक्ने महागुण (लेखक पिटर राजनीतिक विश्लेषण र सामाजिक इतिहासमा कलम चलाउन रुची राख्छन् । )