भोलि बिहीबारदेखि नेपालगन्जमा आयोजना हुने प्रादेशिक महोत्सवले नेपालगन्ज सहरलाई प्रदेशभरी चिनाउने विश्वास व्यक्त गरिएको छ । आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले मंगलबार पत्रकार सम्मेलनमा आयोजनाको अर्को पक्ष सहर चिनाउने रहर पनि भएको जनायो ।
‘नेपालगन्ज प्रादेशिक राजधानीका लागि सबैभन्दा मुख्य दाबेदार हो भन्ने कुरा यो आयोजनाले प्रदेशका सबै जिल्लामा चिनाउन खोजेका छौं’, अध्यक्ष वैश्यले पत्रकारहरुसग भने, ‘यो नेपालगन्ज चिनाउने आयोजना हो ।’ उनले त्यसका लागि महोत्सवको सफलता अपरिहार्य भएको भन्दै जिल्लाबासी सबै एकजुट हुन आव्हान गरे । स्टलमा स्वदेशी देखि विदेशी सम्मका उत्पादनहरुको प्रदर्शनी निश्चित भएको जानकारी वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले दिए । ‘धेरै चिजहरु नया“ छन्’, स्टलको नेतृत्व गरेका उनले भने । नेपालगन्जलाई चिनाउने कुरामा विभिन्न सांस्कृतिक पक्षहरु उजागर गर्न लागिएको निर्माण तथा स्वागत द्वार व्यवस्थापनको नेतृत्व लिएका उपाध्यक्ष दुर्गा भण्डारीले जानकारी लिए । ‘महोत्सव स्थल प्रवेश गर्नेले नेपालगन्जको समग्र पक्षको अनुभूत गर्नेछ’, उपाध्यक्ष भण्डारीले दैनिक नेपालगन्ज स“ग भने ।
महोत्सव आयोजनालाई हरसम्भव भव्यता दिन खोजिएको छ । तयारी पूरा भएको जानकारी दिंदै संघका महासचिव अजय कुमार टण्डनले भने, ‘समारोह स्थलमा हेलिकप्टरबाट पुष्प बर्षा गरेर उद्घाटनका सहभागीहरुलाई स्वागत गर्ने कार्यक्रम बनाइएको छ ।’ भोलि माघ ११ देखि २२ गतेसम्म नेपालगन्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्दैछन् । उद्घाटनमा दाहाल स“गै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भनावी राणा लगायतका विभिन्नहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।
संघीय संरचना कायम भएपछि नेपालगन्जमा पहिलो पटक प्रादेशिक महोत्सव आयोजना गर्न लागिएको हो । मूल आयोजक समितिका संयोजक वैश्यले महोत्सवबाट संकलित रकम बहुउद्देश्यीय सभागृह निर्माणमा खर्च गरिने जानकारी दिए । उनले महोत्सवमा २ सय ६० वटा ब्यवसायिक, ५ कृषि, ४ जडिबुटी, १४ अटोमावाइल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहने उपाध्यक्ष मन्सुरीले जानकारी दिए ।
महोत्सवकालागी आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताउँदै नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव तथा सचिवालय ब्यवस्थापन समितिका संयोजक अजय कुमार टण्डनले महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिईएको बताए । ५ लाख बढिले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने बताउँदै टण्डनले राष्टिूय तथा अन्तराष्टिूय उत्पादनको प्रवद्र्धनमा महोत्सवको भूमिका महत्वपूर्ण रहने बताए । महोत्सवलाई ब्यवस्थितरुपमा संचालन गराउन तथा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा जडान गरीएको महासचिव टण्डनले जानकारी दिए ।
माघ ११ गतेबाट संचालन गरीने महोत्सवको उद्घाटन समारोह अघि नगरका बिभिन्न क्षेत्रबाट साँस्कृतीक झाँकी सहितको कलश यात्रा निकाल्ने तयारी गरीएको छ । उक्त समारोहकालागी हात्तीको पनि ब्यवस्था मिलाइएको र आवश्यक तयारी समेत पुरा भैसकेको बताईएको छ । महोत्सवमा अमेरिकी ब्याण्डका कलाकारहरुको समेत विशेष प्रस्तुती रहने उद्योग वाणिज्य संघद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।