भुषालमा सुप्रो कार्गे भ्यान

भुसाल इन्टरनेशनल नेपालगन्जले सुप्रो कार्गो भ्यानको बिक्री सुरु गरेको छ । महिन्द्रा एण्ड महिन्द्रा कम्पनी लिमिटेडको उत्पादन सुप्रो कार्गो भ्यान दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि. काठमाडौं र भुसाल इन्टरनेशनल नेपालगन्जको सहकार्यमा सुप्रो सोमबार शोरुममा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो ।

 

डिजेलबाट चल्ने सुप्रो एक टन सम्मको तौल ओसारपोसार गर्ने क्षमताको रहेको कम्पनीका प्रमुख बद्री भट्टराईले जानकारी दिए । एक लिटरमा २० किमि गुड्ने सुप्रो भ्यानमा डिआइ इन्जिन, क्लोज बडी, २३ सय ३० लिटर भ्योलुम क्षमता रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
भुसाल इन्टरनेशनलका सञ्चालक पार्थ भुसालले सुप्रोको मूल्य १३ लाख ५० हजार रहेको जानकारी दिंदै बिक्री भारम्भको अवसरमा ५० हजार छुट, एक बर्षको विमा, एक बर्षको कर र नामसारीको व्यवस्था गरिएको जानकारी दिए ।
‘बिक्रीपछि पनि सर्भिस, पार्टस, वारेन्टी सहज रुपमा उपलब्ध गराइनेछ’, सञ्चालक भुसालले कार्यक्रममा जानकारी
दिए ।

प्रतिक्रिया

प्रतिक्रिया