अनुसन्धानमा दख्खल बढाउँदै बाके प्रहरी

बढ्दो आधुनिकता र प्रविधि मिश्रित अपराध हुन थालेपछि सो अनुसार आफुलाई तयार पार्न बाँके प्रहरीले अपराध अनुसन्धान र नियन्त्रणमा विशेष तालिम दिँदै प्रहरी अधिकारीहरुको क्षमता अभिबृद्धि गर्दैछ । जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाका मातहत प्रहरी युनिटहरुबाट प्रहरी अधिकारीहरुलाई सहभागी गराई अपराध अनुसन्धान र अपराध नियन्त्रण विषयमा उनीहरुको क्षमता बृद्धि गर्दै आएको हो ।

 
जिल्ला प्रहरी कार्यालय बाँकेले तेस्रो चरणको ६ दिने तालिम आयोजना गरि अपराध अनुसन्धान विरुद्ध प्रहरी प्रभावकारिता बढाउन सक्रियता देखाएको हो । बाँकेका निमित्त प्रहरी प्रमुख तथा डीएसपी राजेन्द्र प्रसाद आर्यालले शुक्रवार समापान गरेको तालिममा जिल्ला भरिबाट प्रहरी अधिकारीहरु अपराध अनुसन्धानका लागि तालिम लिन सहभागि थिए । प्रहरीले तीन चरणमा अनुसन्धानका लागि अधिकारीहरु लाई तालिम दिएको हो । तालिम संयोजक तथा प्रहरी निरीक्षक वसन्त गौतमले तालिम केन्द्रमा लगेर सबै प्रहरीलाई तालिम दिन सम्भव नभएकोले विभिन्न लटमा जिल्ला प्रहरी भित्रै अधिकारीहरुलाई तालिम दिन थालिएको बताएका छन् ।

 

 
(टीएनए) ट्रेनिंग नीड एनालाइसिस अनुसार प्रहरी जवान, हवल्दार, अधिकृतहरुलाई प्रहरी ब्यवहार, बृतिविकास, ब्यक्तिगत विकास लगायतका लागि उपयुक्त बनाउन तालिम दिइएको प्रहरी निरीक्षक वसन्त गौतमले बताए । जिल्लामा बढ्दो अपराध र घटना नयाँ किसिमका घटनाहरुमा मिसिल अध्ययन, प्रमाण सुरक्षा, बल प्रयोग, घटना विवरण संकलनको विषयमा प्रभावकारी रुपमा प्रहरीलाई प्रशिक्षित पारिएको हो ।

 

तीन चरणमा गरि एक हजार भन्दा बढि प्रहरी अधिकारीहरुलाई अपराध अनुसन्धान र नियन्त्रण विशेष तालिममा सहभागी गराइएको हो । ‘नागरिक मैत्री, प्रहरी ब्यवहार, मानवअधिकार लगायतको विषयमा पुर्नताजगी गरेझैं तालिम दिइएको हो’, तालिम संयोजक प्रनि गौतम भन्छन्, ‘यो तालिम पूर्ण नभएपनि प्रारम्भिक रुपमा ब्यक्ति विकासका लागि पनि आवश्यक विषय हो ।’पछिल्लो समयमा बढ्दो साइबर अपराध, सामाजिक संजाल, विद्युतीय सामाग्री लगायतको दुरुपयोग र त्यसबाट हुने गरेका अपराध अनुसन्धानमा प्रहरी प्रभावकारिता बढाउन प्रशिक्षण आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

 

प्रैक्टिकल गरेर प्रहरी अधिकारीहरुलाई विभिन्न विधामा अनुसन्धान गर्न सिकाइएको छ । बाँके जिल्लामा रहेका विभिन्न प्रहरी युनिटहरुबाट सहभागिता हुने गरि यसअघि पहिलो र दोस्रो चरणको अपराध अनुसन्धान र नियन्त्रण सम्बन्धी तालिम दिइएको हो । प्रशिक्षणमा सूक्ष्म अनुसन्धान, रेखाचित्र, घटनास्थल ट्रेस, लोकेसन चिन्हित, पूर्ण सूचना लगायत विषयमा प्रहरी अधिकारीहरुलाई तालिम दिएर अपराध अनुसन्धानमा प्रभावकारी रुपमा अघि बढ्ने बाँके प्रहरीको तयारी छ । बढ्दो सहरीकरण, जनसंख्या र आधुनिकतालाई मध्यनजर गरि प्रहरीले नागरिक प्रति देखाउने ब्यवहार र हुने अपराध विरुद्ध नागरिक भूमिका समेतका विषयमा प्रहरीले आफुलाई प्रशिक्षित पार्न थालेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया