सडकबाटै बाकेमा प्रदेश राजधानी मागौं

प्रदेश नं. ५ को राजधानी बाकेलाई बनाउन सडक आन्दोलनबाट दबाब सिर्जना गर्नुपर्ने धारणा राखिएको छ ।
बिहीबार नेपालगन्जमा आयोजित ५ नम्बर प्रदेशको राजधानी लगायत बा“केको विकास र समृद्धि सवालमा सर्वपक्षीय बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै बाके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राईले बा“केलाई राजधानी बनाउन सडक आन्दोलनको विकल्प नभएको बताएका हुन् ।

 

मधेसी मुस्लिम महिला मञ्च र अवधी पत्रकार संघ नेपाल, नेपालगन्जको आयोजनामा भएको अन्तरक्रियामा प्रतिनिधिसभा सदस्य राईले पछि पछुताउनु भन्दा तत्कालै नागरिक समाजको अगुवाईमा आन्दोलन सुरु गर्नुपर्ने धारणा राखे । बा“केमा प्रदेश आन्दोलनका दबाबमूलक कार्यक्रम गर्न ढिला भैसकेको भन्ने विषयमा प्रष्ट पार्दै उनले भने, ‘प्रदेश राजधानी प्रदेशसभाले निर्णय गर्ने विषय हो, हामीस“ग समय छ ।’

 

 

स्थानीय दलका नेता केन्द्रीय निर्णयबाट प्रभावित हुने भएकाले नागरिक स्तरबाट आन्दोलनको अगुवाई गरिनुपर्ने धारणा नेता राईको थियो । ‘तत्काल नागरिक समाजको अगुवाईमा आन्दोलन सुरु गरिनुपर्छ’, प्रतिनिधिसभा सदस्य राईले भने, ‘त्यसमा बाकेका सबै राजनीतिक दल एक भएर लाग्नुपर्छ ।’ ‘प्रदेशसभामा बाकेको बहुमत पुग्दैन त्यसैले शान्तिपूर्ण आन्दोलन आवश्यक भएको हो’, उनले भने, ‘अब बाकेले आफ्ना आधारहरु ठोस रुपमा पेश गर्नुपर्छ ।’

 

 

‘बुटवल अपायक छ र भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले छुट्टै पहिचान छ’, बाके भौतिक पूर्वाधार सम्पन्न र पर्याप्त स्थल रहेको आधार प्रस्तुत गर्दै प्रतिनिधिसभा सदस्य राईले भने, ‘दाङ्गमा भौतिक पूर्वाधारको अभाव छ त्यहा“ पूर्वाधार निर्माण गर्दा प्रदेशको सबै बजेट सकिन्छ ।’ प्रदेश राजधानीका लागि बाकेबासी एकत्रित भएर आन्दोलन गर्नुपर्ने धारणा प्रदेश सभा सदस्य आइपी खरेलले राखे । ‘टुक्रा–टुक्रामा गरिने आन्दोलनले सकारात्मक रिजल्ट दिन सक्दैन’, उनले भने, ‘त्यसका लागि बा“केका सबै राजनीतिक दल पनि एक ठाउमा उभिनु पर्छ ।’

 

 

साहित्यकार विष्णु कुमालले नेपालगन्ज सधै राज्यबाट ठगिने गरेको बताए । ‘अहिले मात्र होइन हामीलाई राज्यले हेपेको’, कुमालले भने, ‘हामीलाई सधै भोटका लागि मात्रै प्रयोग गरियो ।’ नेपालगन्जबासीले गरेको विकासको अपेक्षा प्रदेश राजधानी नभएमा पूरा हुन नसक्ने धारणा उनको थियो ।

 

 

अर्का प्रदेश सभा सदस्य विजय बहादुर यादवले बाकेले प्रदेशका लागि ढिलो गरी र कमजोर रुपमा आफ्ना मागहरु राख्ने गरेको धारणा राखे । ‘बाके दलीय राजनीतिको केन्द्र बन्यो तर यसलाई कसैले विकासको केन्द्र बनाउन चाहेन’, उनले भने । पत्रकार निरज गौतमले बाकेका राजनीतिक दलहरु प्रदेश राजधानीको मुद्दामा उदासिन रहेको आरोप लगाए । उनले भने, ‘बा“केका राजनीतिक दलहरु अझै तात्नुभएको छैन ।’

 

 

नेपाल पत्रकार महासंघ बा“केका अध्यक्ष ठाकुर सिंह थारुले बाके प्रदेशको राजधानी नभएर धेरै अवसरहरु गुम्ने भन्दै ध्यानाकर्षण गराए । उनले राजधानीका लागि पर्याप्त आधार भएपनि राजनीतिक कारणले बाके ठगिन सक्ने भन्दै चिन्ता व्यक्त गरे । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले नागरिक समाज, राजनीतिक दल र जनप्रतिनिधि एक भएर अगाडी बढ्नु पर्ने धारणा राखे । अवधी पत्रकार संघका अध्यक्ष राकेश मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मञ्चका अध्यक्ष समसुलहक राईले गरेका थिए । कार्यक्रममा मिश्रले बाके प्रदेश राजधानी बन्न सक्ने आधारहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया