सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमाध्यममा क्लिन फिड नीति लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।
गत साउन १ गते देखिनै लागू गर्ने तयारी भएपनि तयारी नपुगेको भन्दै त्यतिबेला रोकिएको थियो । क्लिन फिडले नेपाली विज्ञापन व्यवसायलाई अझै परिस्कृत गर्ने बताउँदै मन्त्री बस्नेतले सवैसँग छलफल गरेर अघि बढ्ने पनि प्रतिवद्धता जनाउनुभयो ।
नेपाल विज्ञापन संघको १८ औँ बार्षिक साधारण सभाको आज काठमाडौमा उद्घाटन गर्दै उहाँले विज्ञापन व्यवसायलाई उद्योगको रुपमा विकास गर्न सरकार लागि पर्ने पनि बताउनुभयो ।
देशको आर्थिक विकासमा विज्ञापन संघले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै मुलुकलाई आर्थिक समृद्धिको दिसामा अघि बढाउन पनि यसको आवश्यकता औँल्याउनुभयो । राजनीतिक संक्रमण अन्त्य भएको तर्फ चर्चा गर्दै मन्त्रि बस्नेतले अब सवै मिलेक आर्थिक समृद्धिको वाटोमा अग्रसर हुनुपर्ने तर्फ पनि सेचत गराउनुभयो ।
कायृक्रममा नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले अहिले ६ अर्बको विज्ञापन व्यवसाय रहेको तथ्य प्रस्तुत गर्दै क्लिन फिड लागू भए यो दोव्वरले वृद्धि हुने दृष्टान्त दिनुभयो ।
नेपाली चलचित्र उद्योग भन्दा ठूलो राशीको विज्ञापन व्यवसाय भएपनि यसलाई सरकारले उद्योगको मान्यता नदिएको तर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।
विज्ञापन संघका संस्थापक अध्यष वशिंधर पौडेलले राष्ट्रिय विज्ञापन नीति तयार भएपनि अहिले सम्म लागू नहुनु दुःखद विषय भएको टिप्पणी गर्नुभयो ।
सिएनआईका अध्यक्ष हरिभक्त शर्माले श्रृजनात्मक क्षेत्र विज्ञापन एजेन्सी भएकाले यसको विकास र विस्तारमा सधै हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष विपुल पोखरेलले विज्ञापन संघले गरेका कामलेनै सञ्चारमाध्यमहरुलाई फाइदा पुगेको उल्लेख गर्नुभयो । उहाँले सञ्चार माध्यमहरु दुव्लाउँदै गएको र विज्ञापन संघ मोटाउँदै गएको तर्फ इंगित गर्दै आगामी दिनमा सवैको हातेमालोबाट संचार माध्यम र सञ्चारकर्मीका विचको सेतुको रुपमा विज्ञापनसंघ उभिनुपर्नेमा जोड दिनुभयो ।
पूर्व अध्यक्ष भाषकरराज राजकर्णिकारले अहिलेको समयमा विज्ञापन विना कुनैपनि कुरा अपुरोहुने तर्क गर्नुभयो । देशको कुल ग्राहस्थ उत्पादनमा उल्लेख्य भूमिका खेल्ने विज्ञापन व्यवसायका मार्फत नै देशको आर्थिक हैसियत मापन हुने हुँदा त्यसतर्फ गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका मेहश स्वाँरले संचार माध्यमको वलियो आधारनै विज्ञापन रहेको बताउँदै यसको विकासमा सवै लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रशारक संघ बानका उपाध्यक्ष रमेश पौडेलले आनसँग मिलेर साझा एजेण्डामा अघि बढ्न आफूहरु तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा महासचिब नारायण श्रेष्ठले यसअघिको कार्यसमितिले थुप्रै काम गरेको भन्दै आगामी दिनमा अझै यसलाई निरन्तरताको कामना गर्नुभयो ।
रिजालको नेतृत्वमा नयाँ कार्य समिति
आनको नयाँ अध्यक्षमा कि एडभरटाईजिङ एजेन्सीका प्रवन्ध निर्देशक रविन्द्रकुमार रिजाल ‘शशी’ सर्व सम्मत रुपमा चयन हुनु हुने भएको छ । केही दिन अघि भएको उम्मेदवारी दर्तामा अन्य कसैको उम्मेदवारी नपरेपछि उहाँ सर्व सम्मत चयन हुनुहुने भएको हो । तर यसको औपाचारिक घोषणा भने आजकै साधारण सभाबाट हुने छ ।
आगामि ३ बर्षे कार्यकालका लागि अध्यक्षमा रिजाल सहित बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिबमा राजु कुइँकेल, सचिबमा कृष्णप्रसाद घिमिरे र सहकोषाध्यक्षमा पंकज प्रधानको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, ६ जना सदस्यहरुमा रोधन प्रसाई, रमेश पुरी, विशालपुरुष ढकाल, अरुणकाजि स्थापित, किरण गैरे र सन्तोष खड्काको मात्रै उम्मेदवारी छ ।
कोषाध्यक्षमा भने दुई जनाको दाबी भएपछि सहमतिको प्रयास भैरहेको नेपाल विज्ञापन संघले जनाएको छ । कोषाध्यक्ष पदमा पिताम्बर पोखरेल ‘विजय’ र यमुना पौडेल ‘प्रतिमा’ ले उम्मेदवारी दिएका छन् ।