बसन्त गौतम/दैनिक नेपालगन्ज
नेपालगन्जमा सडक पेटी नै मिचेर व्यवसाय सञ्चालन गरिएपछि यात्रुहरुलाई असहज भैरहेको छ । सडक पेटी तथा सडक क्षेत्रमा व्यवसायिक सामानहरु राख्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौति देखिन थालेको छ ।
सडक पेटी मिचेर व्यवसाय गर्दा पनि सरोकारवालाले त्यसतर्फ चासो देखाएको पाइ“दैन । सडक पेटीले उत्पन्न समस्याबारे शुक्रबार नेपालगन्जमा भएको उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको बैठकमा छलफल समेत भएको छ ।
बैठकमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश बिष्णु देव पौडेलले सडक पेटी अतिक्रमण हटाउन नेपालगन्ज उपमहानगर–पालिकाको ध्यानाकर्षण गराएका छन् ।
उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश पौडेलले अदालत, सरकारी कार्यालय र अस्पताल अगाडी सडक अतिक्रमण गरि घुम्टी र ठेला पसल राख्नाले सडक फोहर, सा“धुरो र सेवाग्राहीलाई असुबिधा समेत पर्न गएको बताए । उनले सडक मर्मत गरि सवारी साधनको पाकिङ्ग ब्यवस्था मिलाउन र सडक अतिक्रमण हटाउने ब्यवस्था मिलाउन नगरपालिकाको ध्यानाकर्षण समेत गराएका हुन् ।
अदालत, अस्पताल र सरकारी कार्यालय अगाडी सडक अतिक्रमण हँुदा सडकको सौन्दर्य बिग्रीएको र यसले सेवाग्राहीलाई समेत निकै सास्ती परेको भन्दै यसको निराकरणका लागि नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको अदालतका रजिष्ट्रार भुवन गिरिले जानकारी दिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका सुचना अधिकारी शरद पौडेलले सडक अतिक्रमण हटाई सडक मर्मतमा उपमहानगरपालिकाले पहल गर्ने बताएका थिए ।