देबेन्द्र पौडेल
बाकेका किसानले सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल यूरिया प्रसाद जस्तो मात्रै भएको गुनासो गरेका छन् । कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्ज र साल्ट टे«डिङ्गले किसानको माग अनुसार मल उपलब्ध गराउन नसक्दा किसानहरु चिन्तित हुन थालेका हुन् ।
मल प्राप्त नहुदा गहु उत्पादन घट्न सक्ने चिन्तामा किसानहरु छन् । ‘किसानका लागि यूरिया मलको आवश्यकता बढी हुने समय हो’, जिल्ला कृषि प्रसार अधिकृत धन बहादुर पुनले भने, ‘समयमा कृषकले मल नपाउने हो भने यसले उत्पादनमा असर पर्छ ।’
‘बाकेमा १९ हजार ५० हेक्टरमा गहु खेती भएको अनुमान छ’, अधिकृत पुनले भने, ‘त्यसका लागि पर्याप्त यूरिया मल आवश्यक पर्छ ।’ जिल्ला कृषि विकास कार्यालयको सिफारिसपछि कृषि सामाग्री कम्पनी र साल्ट टे«डिङ्गले सहकारीलाई अनुदानको मल उपलब्ध गराउ“दछन् । किसानले सहकारीबाट मात्रै अनुदानको मल पाउने गर्दछन् ।
मल अभाव यस बर्ष मात्रै होइन यसअघिका बर्ष पनि कृषकलाई आवश्यक भएका बेला पर्याप्त मल उपलब्ध हुने गरेको थिएन । ‘हरेक बर्ष समस्या झेल्नु पर्छ, तर यो बर्ष अझै बढी भयो’, कृषक रमेश कादु भन्छन् । ‘सहकारीमा मल लिन पुग्दा छैन भन्ने जवाफ सुनेर फर्कनु पर्छ’, उनले भने । बजारमा अनुदानको मल महंगो पर्ने कृषक बताउ“छन् । ‘बजारबाट मल किनेर खेती गर्न सक्ने अवस्था छैन’, गंगा प्रसाद कादु भन्छन् ।
मल वितरणको अनुमति पाएका सहकारीहरु किसानहरुको मागको दबाबमा पर्ने गरेको बताउ“छन् । ‘सधै किसानहरुको मल आयो भनेर प्रश्न गर्नुहुन्छ ?’, एकता स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्था बेलहरीका सदस्य सावितराम यादव भन्छन्, ‘हामीले माग अनुसार पाए पो किसानलाई दिन सक्छौं ?’ उनी चार पाच वटा गाउका किसानहरु संस्थामा मलको माग गर्न आउने गरेको बताउ“छन् । ‘पर्याप्त मल आउने हो भने हाम्रो यहा“ ६ हजार बोरा सम्म यूरियाको माग छ’, उनले भने, ‘तर, अहिलेसम्म ३ पटक गरी ७० बोरा मात्र पाएका छौं ।’
‘मल आएको सूचना पाएपछि किसानको लाइन हुन्छ’, सावितराम भन्छन्, ‘कसलाई दिने कसलाई नदिने, सबैलाई आवश्यक छ ।’ आफुले माग अनुसार मल नपाएपछि किसानहरु अनुदानको मल माग अनुसार नभई प्रसादको रुपमा मात्र बिक्री हुने गरेको आक्रोश पोख्छन् ।
अनुदानको यूरिया मल ७ सय ८३ रुपैयामा विक्री हुने गरेपछि बजारमा त्यसको मूल्य मनपरी रहेको बताउ“छन् । ‘बजारमा १ हजार ६ सय रुपैया बोरीको मूल्य तिर्नु पर्यो’, बेलहरीका एक किसान भन्छन् । ‘महंगो मल प्रयोग गर्ने र सस्तो उत्पादन बिक्री गर्नुपर्ने अवस्था आउन सक्छ’, उनी भन्छन् । ‘निर्वाचनमा व्यवस्था बदलियो अब सबै गाउ“मा नै सुविधा हुन्छ भनियो’, राम यादव भन्छन्, ‘हामीलाई सधै समस्या, कस्ले बुझ्ने हाम्रो समस्या ।’ कारका“दो स्थित पौरखी बहुउद्देश्यीय सहकारी संस्थाले पनि कृषकहरुका लागि अनुदानको मल उपलब्ध गराउदै आएको छ । ‘मल ल्याउने बित्तिकै सकिन्छ’, संस्थाका एक सदस्यले भने ।
कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयका प्रमुख नवल सिंह बोगटीले यूरिया नआएकाले कृषकलाई समयमा मल दिन नसकिएको प्रतिक्रिया दिएका छन् । ‘केन्द्रबाट नै खरिद प्रक्रिया ढिलो हुदा हामीले माग बमोजिम मल आपूर्ति गर्न सकेका छैनौं’, उनले भने । असोज देखि अहिलेसम्म ४ सय ४३ मेट्रिक टन मात्रै यूरिया मल वितरण भएको लिमिटेडले जनाएको छ । गत बर्ष पुस मसान्तसम्म १ हजार २ सय टन मल वितरण भएको थियो । बाकेलाई बार्षिक ३ हजार मेट्रिक टन मल आवश्यक पर्छ । जुन मौसमको अनुकुलता र उपलब्धताले कम, बढी हुने गरेको छ ।
‘तत्काल मल आउने हो भने १ हजार टन यूरिया खपत हुने हाम्रो अनुमान छ’, प्रमुख बोगटीले भने । नेपालगन्जका लागि भैरहवाबाट मल आउने गर्दछ । जुन जाजरकोट, सल्यान, दैलेख पनि जाने गरेको छ । ‘आइतबार सम्म यूरिया नेपालगन्ज आउने अपेक्षा छ’, प्रमुख बोगटीले भने, ‘भैरहवाबाट सोही अनुसार जानकारी पाएका छौं ।’ अहिले भने कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयमा यूरियाको स्टक सकिएको छ । मल आउन ढिलो भए किसानले नेपालगन्ज बजारबाट महंगो मूल्यमा तथा भारतीय बजारबाट लुकिछिपी मल भित्र्याउने गर्दछन् । ‘अभावको बेला मलको कालो बजारी समेत बढ्छ’, यादव भन्छन् ।