विद्यालयमै न्यायाधीश पुगि अदालती काम कारवाही र न्यायिक प्रक्रिया बारे जान्न पाउ“दा महेन्द्र उच्च मावि नेपालगन्जका विद्यार्थीहरु दङ्ग परेका छन् ।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासलले बिहिवार झण्डै ६० जना विद्यार्थीहरु माझ गरेको न्यायमा बाह्य पुहुँच कार्यक्रममा बोल्दै उच्च अदालत नेपालगन्ज इजलासका न्यायाधीश प्रेमराज कार्कीले अदालतले बिधि र प्रक्रिया अनुसार न्याय सम्पादनको कार्य गर्ने जानकारी गराएका थिए । आम नागरिकको न्यायमा सहज पहुँचमा मद्दत पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको न्यायाधीश कार्कीले जानकारी दिए ।
कार्यक्रममा कानून पत्रकार समाज बााँकेका सचिव अधिवक्ता वसन्त गौतमले कानूनको अनभिज्ञता क्षम्य नहुने भएकाले कानून सबैले जान्नु पर्ने बताए । आफ्नो अधिकारको बारेमा सबै सचेत रहनु पर्ने भन्दै गौतमले कानूनको उल्लघंन गर्ने उपर कानूनी कारवाही गर्न र पीडितको न्यायको लागि विद्यार्थीहरुले अहम भुुमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।
अदालत भने पछि ठुलै चिज हो भन्ने बुझेका विद्यार्थीहरु आफ्नो अगाडी अदालतका न्यायाधीश कर्मचारी र वकिल समेतलाई आफ्नो विद्यालयमा पाउ“दा अदालती हाउगुजी हटाउन मद्दत पुगेको बताएका थिए । न्यायिक संवादका क्रममा विद्यार्थीहरु त्रिकला गुप्ता, बिनोद बहादुर सिंह लगायतका विद्यार्थीहरुले न्याय सम्पादनको क्रममा जातिय बिभेद गर्न नहुने, सबै सेवा ग्राहीहरुलाई सम्मानजक ब्यवहार गरिनु पर्ने, अपराध अनुसन्धानको क्रममा प्रहरी प्रशासनको राम्रो ब्यवहार हुनु पर्ने, अदालतमा भाषा नबुझ्ने पक्षहरुका लागी दोभाषेको ब्यवस्था हुनु पर्ने, अदालती काम कारवाही सरल सहज र सबैको पहुँच योग्य हुनु पर्ने बताएका थिए ।
बिद्यार्थीहरुले राखेका जिज्ञासाको जवाफ दिदै न्यायाधीश कार्कीले जातीयताको आधारमा कसैलाई भेदभाव गर्न नपाइने बताउदै अदालतले कुनै जाती बर्ग धनी गरिव नभनी सबैलाई समान ब्यहारका साथ निष्पक्ष न्याय सम्पादन गर्ने गरेको जानकारी दिए ।
न्यायाधीश कार्की असक्षम र असहाय पक्षको निशुल्क कानूनी सहयोगका लागि अदालतमा बैतनिक कानून ब्यवसायी ब्यवस्था रहेको जानकारी दिए । न्यायाधीश कार्कीले कानून र न्याय सबैको सरोकारको बिषय भएकाले उच्च शिक्षामा कानून बिषय अध्ययनका लागि विद्यार्थीहरुलाई सुझाव दिएका थिए । न्यायाधीश प्रेमराज कार्कीले अदालत न्यायको लागि भएको र अदालत विधि र प्रक्रियाले चल्ने भन्दै मुद्दा दर्ता नभै मुद्दा हेर्न नहुने भएकाले अन्याय पर्ने पक्ष न्यायका लागि न्यायिक कार्यविधि र प्रक्रिया अवलम्बन गर्न पर्ने बताए ।
कार्यक्रममा शाखा अधिकृत हेमराज तिमिल्सेनाले संचालन गरेको कार्यक्रममा अदालतका निमिक्त रजिष्ट्रार मुन्ना सिंह क्षेत्री, विद्यालयका शिक्षक लगायत बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा शाखा अधिकृत बिरेन्द्र प्रकाश खड्काले विद्यार्थीको जिज्ञासु स्वभाव हुने भएकाले कानूनका बारेमा लागेका जिज्ञासा मेटाउन बिद्यार्थीलाई लक्षित गरि कार्यक्रम संचालन गरिएको जानकारी दिए ।
विद्यालयकी प्रधानाध्यापक कृष्णा पाठकले विद्यालयमा कार्यक्रम गरेर कानून र न्यायका बिषयमा जानकारी गराएकोमा अदालत प्रति धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम गर्न अदालतलाई आग्रह गरिन् । कार्यक्रममा सहभागी शिक्षक र विद्यार्थीहरुले अपराध अनुसन्धानका क्रममा प्रहरीको ब्यवहार राम्रो हुनु पर्ने, आर्थिक चलखेलमा अपराध अनुसन्धानलाई प्रभावित पार्न नहुने, न्याय सम्पादनमा असमानता हुन नहुनेमा जोड दिएका थिए ।