बाकेमा अत्याधिक चिसो, अधिकतम तापक्रम १४.५ मात्रै, उडान प्रभावित

नेपालगन्ज लगायतका पश्चिम नेपालमा चिसो बढेको छ । घाम नलाग्नुका साथै शितलहरका कारण पछिल्लो दुई दिनदेखि अत्याधिक चिसो बढेको हो । सोमबार दिनभरि नै नेपालगन्ज, गुलरिया लगायतका पश्चिम नेपालमा घाम देखिएन । जिल्ला प्रशासन कार्यालय बाकेले चिसो बढेपछि स्थानीय तहलाई आवश्यक व्यवस्थापनका लागि अनुरोध समेत गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय बाकेले बाकेका ८ वटै स्थानीय तहलाई पत्र पठाएर चिसोबाट प्रभावितहरुलाई जोगाउन स्थानीय तहमै उपाय अवलम्वन गर्ने अनुरोध गरेको हो । प्रशासनले न्यानो कपडा, कम्बल वितरण तथा चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरेको हो ।

 

शितलहरका ठेला रिक्सा चालक तथा मजदुरहरु सबै भन्दा बढि प्रभावित भएका छन । बालबालिका तथा ज्येष्ठ नागरिक पनि चिसोका कारण प्रभावित भएका छन् । घाम नलागेका कारण दिउ“सै अध्यारो जस्तो भएपछि बा“केका विद्यालयहरु भने बन्द भएका छैनन् । ‘नर्सरी, केजीमा पढ्ने बालबालिका अति प्रभावित छन्’, अर्जुन कलवारले भने ।

 

उता शितलहरका कारण नेपालगन्ज बिमानस्थलबाट हुने हवाई उडान पनि प्रभावित भएको छ । राँझा बिमानस्थलका अनुसार सोमबार विहानका ३ वटा बाहेकका सबै उडान रद्द भएका छन् । ‘विहान ९ः३० को फ्लाइट भर्खर पठाउन सकियो’, यति एयरलाइन्सका नेपालगन्ज स्टेशन प्रमुख दिलिप कार्कीले दिउसो ४ बजेतिर दैनिक नेपालगन्जसग भने, ‘विमानस्थल क्लोज भैसक्यो ।’जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार विहान नेपालगन्जको अधिकतम तापक्रम १४.५ डिग्री सेल्सियस रह्यो ।

प्रतिक्रिया

प्रतिक्रिया