सतिश निरौला
खजुरा बाके जिल्लाको तेस्रो ठुलो बजार, नगर उन्मुख गाउँपालिका । विकास र समृद्धिका कुरा गर्दा खजुरा ढिलै भएपनि आफ्ना पाइला अघि बढाउदै छ । खजुरामा सञ्चालनको तयारीमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले खजुराको समृद्धिको ढोका उघार्ने कुरोमा खजुराबासी विश्वस्त छन् । यो स“गस“गै खजुरामा शिक्षा दिइरहेका डेढ दर्जन बढी संस्थागत र थुप्रै सामुदायिक विद्यालय अनि निजी र पब्लिक क्याम्पसले पनि दक्ष जनशक्ति उत्पादनमा आफ्नो भुमिका निर्वाह गरिरहेका छन् ।
गत बर्ष देखि सधैं सरस्वती पुजाका दिन मुसबेटवा बाबा परिसरमा लाग्ने मेलालाई व्यवस्थित गर्दै आधुनिक युवा सञ्जाल खजुराले खजुरा महोत्सवको आयोजना गर्ने गरेको छ । जसको यस बर्ष पनि निरन्तरता दिइने भएको छ । महोत्सव देशभर खजुरालाई चिनाउन कोसेढुंगा साबित भएको छ । खजुरा महोत्सव खजुरा चिनाउन मात्र होइन खजुरामा रहेको १००औं बर्ष पुरानो ‘मुसबेटवा बाबा’ जुन हिन्दु र मुस्लिम दुबै समुदायको सद्भावको स्थललाई समेत देश भर चिनाउन सफल भएको छ ।
पर्यटकीय सुचिमा परेको मुसबेटवा बाबाको मजारको उचित संरक्षण र प्रचार प्रसारमा स्थानीय निकायको ध्यान पुगेको छैन । जहाँ एक हिन्दु र अर्को मुस्लिम बाबाको समाधी रहेको छ । त्यहा सरस्वती पुजाको मेला अवधिमा विशेष पुजा हुने गर्छ । उक्त दिन मजारमा गइ च्यादर र प्रसाद चढाए सबै आकांक्षा पुरा हुने जन विश्वास रहदै आएको छ । खजुरा महोत्सव कमसेकम १ लाख मानिसले अवलोकन गर्ने बिश्वास स्थानीय आयोजको छ ।
खजुरा गाउँ पालिका कार्यालय परिसर कै छेउमा रहेको मजारको बिस्तार र संरक्षणमा गाउँपालिकाले विशेष गुरु योजना बनाइ कार्य अगाडि बढाउनु जरुरी छ । भारतको ‘अजमेरसरिफ’ बनाउन सकिन्छ मुसबेटवा बाबालाई । तर यसको लागि न त स्थानीयबासीको चासो देखिएको छ न त स्थानीय सरकारको नै । यसको विकास, विस्तार एवं प्रचार प्रसार गर्न सकिए आन्तरिक धार्मिक पर्यटनको त विकास हुन्छ नै हामी भारत बाट समेत ठुलो संख्यामा पर्यटक भित्र्याउन सक्छौ ।
मानसरोवर दर्शनका लागि केही दिन नेपालगन्ज ट्रान्जिट गर्ने पर्यटक यहाँ ल्याउन सकिन्छ । नेपालगन्ज , कोहलपुर र रा“झा विमानस्थलमा यसको प्रचारको लागि डिजिटल होर्डिङ्ग बोर्ड राखे यसको प्रचारमा सहयोग पुर्याउने छ । खजुरामा सञ्चालनको तयारीमा रहेको क्यान्सर अस्पतालमा उपचार सेवा लिन आउनेहरु र उनीहरु मार्फतबाट पनि यो मजारको प्रचार प्रसार हुन सक्छ ।
खजुरामा हुने खजुरा महोत्सव पर्यटन, कृषि र ब्यापार ब्यवसायको प्रवद्र्धनका लागि सहायक बन्ने कुरामा दुई मत छैन । यो महोत्सव सबै खजुराबासीको उत्सव बन्नु पर्छ । यसको लागि स्थानीय सरकारले विशेष महोत्सव दिदै सहकार्य गरि अघि बढ्नु पर्छ । मेला आयोजकले पनि यो महोत्सवलाई उद्देश्य सहितको बनाउने तर्फ सोच्नु पर्छ । उद्देश्य सहितको महोत्सवको आयोजना गरिए यसको स्वामित्व सबै पालिकाबासीले लिनेछन् । ‘मुसबेट्वा बाबाको संरक्षण र प्रसार एबम खजुरामा १ हजार क्षमताको ‘सिटी हल’ निर्माणको उद्देश्य सहित महोत्सवलाई निरन्तरता दिदा यसले ‘समृद्ध खजुरा’ निर्माणका लागि मद्दत पुर्याउने छ । अन्त्यमा खजुरा महोत्सवको सफलताको कामना ।