६ सय ८० बेपत्ता !

खोजतलासका लागि निवेदन परेको ८ सय ३४ मध्ये १ सय ५४ मात्र फेला पारेको तथ्यांक माइती नेपाल नेपालगन्जले सार्वजनिक गरेको छ । आइतबार नेपालगन्जमा माइती नेपालले आयोजना गरेको मानव बेचबिखन विरुद्ध सञ्चारकर्मीस“ग अन्तरक्रिया कार्यक्रममा बोल्दै माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले माइती नेपालगन्जले गरेको अभिलेखिकरण सार्वजनिक गर्दै सन् २०१७ मा खोज तलासका लागि प्राप्त निवेदन मध्ये ६ सय ८० जनाको अवस्था पत्ता लाग्न नसकेको बताएका हुन् ।

 
पछिल्लो समय माइती नेपाल प्रति जनविश्वास बढ्दै गएको बताउदै संयोजक कोइरालाले भने, ‘हराएपछि संस्थामा निवेदन दिने क्रम बढ्दो छ ।’ माइती नेपालमा सन् २०१६ मा ७ सय ३१ खोजीतलाशका लागि निवेदन परेको थियो जसमध्ये १ सय १३ जना फेला परेका थिए ।

 
माइती नेपालले सन् २००२ देखि सार्वजनिक गरेको तथ्यांक अनुसार, हरेक बर्ष खोजतलाशका लागि निवेदन पर्ने संख्या बढ्दो छ । तर, खोजतलाशको निवेदन र फेला पारेको तथ्यांक बीच ठूलो अन्तर देखिने गरेको छ ।
‘हराएपछि निवेदन दिने तर भेटिएपछि सम्बन्धित पक्षले जानकारी दिने गरेका छैनन्’, संयोजक कोइरालाले संस्थाले सम्भव भएसम्म सबै उजुरीमा फलोअप गरिरहेको जानकारी दिंदै भने । उनले निवेदन परिसकेपछि खोजतलासका लागि नेपाल प्रहरी देखि माइती इन्डिया, भारतीय सुरक्षाकर्मीसग पनि सहयोग लिने गरेको जानकारी दिए । माइती नेपाल नेपालगन्जमा मध्यपश्चिम सगै पूर्व तिरका जिल्लाबाट समेत खोजतलाशका लागि निवेदन पर्ने गरेको छ ।

 

 

माइती नेपालले नेपाल–भारत सीमामा निगरानी स“गै मानव बेचबिखन विरुद्ध सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । अन्तरक्रियामा संयोजक कोइरालाले सन् २०१७ मा माइती नेपाल नेपालगन्जले १ हजार ७१ जना जोखिमपूर्ण यात्रामा रहेकालाई उद्दार गरेको, १ हजार १ सय १६ पारिवारिक पुनर्मिलन गराएको, श्रम र यौन शोषणमा परेका ६७ जनालाई उद्दार गरेको, सीमाबाट परामर्श दिई २ सय २३ जनालाई घर फर्काएको तथ्यांक प्रस्तुत गरेका थिए ।

 

 

नेपाल पत्रकार महासंघ बाकेको समन्वयमा भएको कार्यक्रममा बोल्दै संयोजक कोइरालाले पछिल्लो दिनमा प्रविधिको प्रयोग मानवबेचबिखनका लागि चुनौति बन्दै गएको बताएका थिए । उनले जोखिमपूर्ण यात्रामा लग्दै गर्ने व्यक्ति यात्रामा गैरहेकासगै नहुदा नियन्त्रणमा लिन कठिन हुने गरेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया