‘जनताले सडकमै पुर्याइदिए’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आप्mनो एजेन्डा स्थापित गर्न सडकबाट संघर्षको सम्भावना औंल्याएका छन् ।

 
शनिबार पूर्व राजा ज्ञानेन्द्र सग भेटघाट गर्न नेपालगन्ज आइपुगेका राप्रपा अध्यक्ष थापाले ‘राजतन्त्र र हिन्दुत्वको एजेन्डा बोकेको पार्टी राष्ट्रिय पार्टी सम्म पनि बन्न नसक्ने दुर्भाग्यपूर्ण रहेको’ भन्दै अब दुवै एजेन्डालाई सडकबाट स्थापित गर्न संघर्ष गर्नुपर्ने अवस्था आएको बताए । नेपाल सरकार उपप्रधानमन्त्री समेत रहेका थापाले नेपालगन्जमा सञ्चारकर्मीहरुस“गको भेटमा भने, ‘जनताले सडकमै पुर्याइदिए ।’ उनले कतिपय कमीकमजोरीहरु सच्याएर अगाडी बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्दै निर्वाचन परिणाम बाट आएको निराशालाई चिर्न आफु कार्यकर्ता माझ पुगिरहेको बताए ।

 
शनिबार नै अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले केपी ओली नेतृत्वको सरकार छोडेर देउवा नेतृत्वको सरकारमा जानु आफुले गरेको ठूलो गल्ती भएको स्वीकार गरेका थिए । ‘जनताले त्यसैको सजाय दिएका हुन्’, अत्यन्तै सरल ढंगले प्रस्तुत भएका थापाले विगतका गल्तीहरु नदोहोरिने गरी आगामी ५ बर्ष आफ्ना एजेण्डा जनतामाझ पुर्याउन लागि रहन कार्यकर्तालाई निर्देशन दिएका थिए । ‘कार्यकर्ताहरुमा ऊर्जा थप्न अध्यक्ष थापा निकैबेर छलफलमा सहभागी हुनुभयो’, युवा नेता ऋषिराज देवकोटाले भने ।

प्रतिक्रिया

प्रतिक्रिया