खजुरा गाउँपालिका–२, सीतापुरमा सम्पन्न दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता अन्तरगत शुक्रवार भएको विभिन्न विधाका ७ खेल भएका छन् । महिला जेभलिन थ्रो खेलमा सुदूरपश्चिमाञ्चलकी मिना धामीले स्वर्ण पदक हात पारिन् । उनले २८ दशमलव ५५ मिटर दुरी थ्रो गर्न सफल भइन् । उक्त खेलमा मध्यपश्चिमाञ्चलकी अनिता चौधरी द्वितिय भइन् । भने पश्चिमाञ्चलकी सुमित्रा थापा तृतिय भइन् ।
शुक्रवार भएको पुरुषतर्फको ५ हजार मिटर दौडमा मध्यपश्चिमाञ्चलका नरेश बुढा प्रथम भए । उनले उक्त दुरी १६ मिनेट ३९ सेकेन्ड ०२ पल्समा पूरा गरे । उनीसँगै प्रतिष्पर्धा गरेका सुदूरपश्चिमाञ्चलका सुनिल सुनारले १६ मिनेट ४२ सेकेन्डमा दुरी पूरा गरि द्वितिय र सुदुरपश्चिमाञ्चलकै विवेक सुनारले १७ मिनेट १२ सेकेन्ड १४ पल्समा दुरी पूरा गरि तृतिय भए ।
महिलातर्फको ५ हजार मिटर दौडमा मध्यमाञ्चलकी राममाया बुढा प्रथम भइन् भने मध्यपश्चिमाञ्चलकै चन्द्रा घर्ती द्वितिय र सुदुरपश्चिमाञ्चलकी रेखा चन्द तृतिय भइन् । प्रथम भएकी बुढाले २० मिनेट ४४ सेकेन्ड ९ पल्समा दुरी पूरा गर्दा द्वितिय भएकी घर्तीले २१ मिनेट ५९ सेकेन्ड ७ पल्समा दुरी पूरा गर्न सफल भइन् ।
त्यसैगरि पुरुष त्रिपल जम्पतर्फ मध्यमाञ्चलका भुवन महतो प्रथम, मध्यपश्चिमाञ्चलका सुशील केसी द्वितिय र पश्चिमाञ्चलका प्रकाश थापा तृतिय भए । महिला त्रिपल जम्पतर्फ मध्यपश्चिमाञ्चलकी पूजा चौधरी प्रथम, मध्यमाञ्चलकी सन्जिया खातुन द्वितिय र मध्यमाञ्चलकै अनुषा राउत तृतिय भइन् ।
पुरुष ज्याभलिन थ्रोतर्फको खेलमा सुदूरपश्चिमाञ्चलका रमेश पोख्रेल प्रथम, पूर्वाञ्चलका सन्तराम माझी द्वितिय र पश्चिमाञ्चलका आदर्श शाही तृतिय भए । महिला ४x१०० मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु प्रथम, पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ द्वितिय र मध्यमाञ्चलकी रञ्जिता गुरौ थारु तृतिय भइन् ।