नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी माघ ११ देखि २२ गते सम्म नेपालगन्जमा प्रादेशिक महोत्सवको आयोजना गर्ने भएको छ ।
महोत्सव बारे शुक्रबार पत्रकार सम्मेलनमार्फत संघले जानकारी दिएको हो । संघ अध्यक्ष नन्दलाल वैश्यक पत्रकार सम्मेलनमा बोल्दै अब आयोजना हुने महोत्सव सातौ संस्करण रहेको जानकारी दिए ।
एक करोड बचत लक्ष्य सहित आयोजना गर्न लागिएको महोत्सवबाट प्राप्त नाफा बहुउद्देश्यीय सभा गृह तथा प्रदर्शनी स्थल निर्माण कोषमा जम्मा गरिने अध्यक्ष वैश्यले बताए । उनले यसअघिका महोत्सवको नाफा समेत कोषमा नै जम्मा रहेको जानकारी दिए ।
महोत्सवका लागि अध्यक्ष वैश्यको संयोजकत्वमा ७ सय ५१ सदस्यीय मूल आयोजक समिति तथा २२ वटा उप समिति गठन गरिएको छ ।