नेपालगन्ज किन आएनन् पूर्व युवराज पारस ?

पूर्व राजा ज्ञानेन्द्र शाह पहिलो पटक सपरिवार एक साता बढी समय बिताउने गरी नेपालगन्ज आइपुगेका छन् । बिहीबार सा“झ श्री एयरलाइन्सको अन्तिम उडानबाट पत्नि पूर्व रानी कोमल, बुहारी पूर्व युवराज्ञी हिमानी सहित नेपालगन्ज आइपुगेका हुन् । तर, पूर्व युवराज पारश शाह भने पूर्व राजपरिवारस“ग नेपालगन्ज आएका छैनन् ।

नेपालगन्ज विमान स्थलमा पूर्व राज परिवारलाई नेपालगन्जका नगर प्रमुख डा. धवल समशेर राणा, उपप्रमुख उमा थापामगरले औपचारिक स्वागत गरेका छन् । ‘मैले नगर प्रमुखको नाताले पूर्वराष्ट्राध्यक्ष लाई नेपालगन्जमा औपचारिक स्वागत गरेको हु“’, नगर प्रमुख डा. राणाले दैनिक नेपालगन्जस“ग भने, ‘हो, मेरो पार्टी राजावादी भएकाले पार्टी महामन्त्रीको हैसियतमा पनि शिष्टाचार स्वागत गरें ।’ डा. राणाले उपप्रमुखले भने पदीय हैसियतबाट स्वागत गरेको प्रष्ट पारे । डा. राणाले यसबीच पूर्व राजा स“ग छुट्टै भेटघाटको कार्यक्रम रहेको बताए ।

अधिवक्ता दिपक बहादुर सिंहको संयोजकत्वमा गठित राजावादीहरुको ठूलो समूहले राज परिवारलाई भव्य स्वागत गर्यो । सिंहको संयोजकत्वमा औपचारिक समिति नै गठन गरी फुलमाला सहितको ठूलो समूह नेपालगन्ज विमानस्थलमा लामबद्ध थियो । राप्रपा, एकीकृत राप्रपा राष्ट्रवादी, नेपाल विद्वत परिषद् संस्थागत रुपमै पूर्व राजाको स्वागत सम्मानमा पुगेका थिए ।

सबैको स्वागत सम्मानलाई हसिलो मुहारका साथ स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र कसैस“ग कुनै प्रतिक्रिया दिइरहेका थिएनन् । विमानस्थलबाट कडा सुरक्षा बीच सोझै भुजई गाउ“ स्थित होटल सोल्टी वेष्टर्न प्रिमियर पुगेका पूर्व राजा र उनका परिवारलाई त्यहा“ होटल व्यवस्थापनले विशिष्ट स्वागत गरेको थियो ।

अंग्रेजी नया“ बर्षको शुभारम्भ सगै होटल सोल्टीको उद्घाटन पूर्व राजा ज्ञानेन्द्रले गर्दैछन् । ‘यो सफ्ट ओपेनिङ्ग हो’, होटल व्यवस्थापनले दैनिक नेपालगन्जसग भनेको छ, ‘आगामी मार्चमा यसको भव्य उद्घाटन गरिनेछ ।’ पूर्व राजा ज्ञानेन्द्र एक साता नेपालगन्ज टुर मुकाम लिएर पश्चिम नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय केन्द्रहरुको भ्रमणस“गै विभिन्न व्यक्तिहरुस“ग भेटघाट, अन्तरक्रिया गर्ने बताइएको छ ।

सुनाकोठीमा बहिनी शीताष्मा (धीरेन्द्र शाहकी माहिली छोरी) सँग बस्दै आएपनि पूर्व युवराज पारशको आजकल निर्मल निवास आउजाउ बाक्लिन थालेको छ । पत्नि हिमानीस“ग पनि बिगे्रको सम्बन्ध सुधार्ने प्रयासमा पारस रहेको बताइन्छ । सायद त्यसैले होला, हिमानी सासु–ससुरा र नन्दसँगै नेपालगन्ज पुगेपछि आफ्ना तीन छोराछोरीको हेरचाहमा पारश खटिएका छन् ।

पारशपुत्र हृदयेन्द्र र छोरी कृतिका काठमाडौंमा पढ्दैछिन् भने जेठी छोरी थाइलैण्डको ब्याङ्ककमा पढ्छिन् । उता जाडो विदा सुरु भएकाले अघिल्लो हप्ता हिमानी आफै ब्याङ्कक पुगेर हिमानीलाई काठमाडौं ल्याएकी छन् । त्यसैले, पारश–हिमानीका तीनै जना छोराछोरी यतिबेला निर्मल निवासमा छन् । र, बाबु–आमासहित हिमानी नेपालगञ्जतर्फ लागेपछि उनीहरुको रेखदेखको जिम्मा पारशले नै पाएका छन् ।

आमा हिमानीको बाबु पारशसँग सम्बन्ध राम्रो नभएपनि छोराछोरीले चाहिँ पारशलाई औधि मन पराउँछन् । निर्मल निवास स्रोतका भनाईमा, बरु व्यवहारमा हिमानी कडा छिन् ।

प्रतिक्रिया

प्रतिक्रिया