वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामगोपाल बैश्यको निधन भएको छ । प्रोस्टेट क्यान्सरबाट पीडित वैश्यको ७४ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय वैश्यको शनिबार धार्मिक संस्कार अनुसार अन्त्यष्टि गरिएको छ ।
स्वर्गीय पत्रकार बैष्यका श्रीमती, ६ छोरा र १ छोरी हुनुहुन्छ ।
२०२६ सालदेखि बर्दियाबाट पत्रकारिता सुरु गर्नु भएका बैष्यले काठमाडौंबाट प्रकाशित हुने चेतना, राष्ट्रध्वनी र राष्ट्रपुकार साप्ताहिकमा काम गर्नु भएको थियो । पछिल्लो समय २५ वर्षदेखि बाँकेबाट प्रकाशित शंखनाथ साप्ताहिकका सम्पादकरप्रकाशक रहनु भएका बैष्यले पञ्चायतकालमा ५ वर्ष वीवीसी नेपाली सेवामा पनि काम गर्नुभएको थियो ।
पत्रकार वैश्यको निधनप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, महासंघको बाँके शाखाले दुःख व्यक्त गरेको छ । शनिबार महासंघ बाँके शाखामा वैश्यको निधन प्रति मौन धारण समेत गरिएको थियो । त्यस्तै महासंघ बाँके शाखाले वैश्यको पार्थिव शरीरमा त्रिभुवन चोकमा महासंघको झण्डा ओढाई सम्मान समेत व्यक्त गरेको थियो । त्यसक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरे, पूर्व केन्द्रीय सदस्य जनक नेपाल, शाखा अध्यक्ष ठाकुर सिंह थारु लगायतको उपस्थिति रहेको थियो ।
वैश्यको निधनप्रति शोक व्यक्त गर्दै शनिबार नै प्रेस यूनियन बाँके प्रेस विज्ञप्ति प्रकाशित गरी दुःख व्यक्त गरेको छ । यूनियन बाँके सचिव अर्जुन ओलीले वैश्यको निधनले पत्रकारिता क्षेत्रले एक कुसल, निर्भिक र अनुभवी पत्रकार गुमाएको बताएका छन् ।
वैश्यका छोरा अजय कुमार पनि पत्रकार हुन् ।